Menu

“यसपाला त तलब बढेर आयो”

२० फेब्रुअरी २०१३

NRNA साउदी अरब

“सर यसपाला त तलब बढेर आयो” । अघि भर्खर जेद्धाबाट हरि खडकाले फोनमा भने । साउदी अरबको रोजगारदाता एलसेफ इञ्जिनियरिङ एण्ड कन्ट्र्याक्टिङ कम्पनीमा बिगत ८ महिनादेखि ठगिदै आएका कञ्चनपुर पुनर्बासका हरि खड्का लगायत ३३ जना नेपाली कामदारहरूको यो तलब ‘बढेको तलब’ भने थिएन, परन्तु उनीहरूको करारनामा बमोजिम उनीहरूले पाउनुपर्ने तलब नै थियो । रोजगारदाता कम्पनी तथा रिक्रुटिङ म्यानपावर कम्पनीलार्इ बारम्बार करारनामा बमोजिमको तलब दिन, दिलाउन आग्रह गरिरहंदा पनि हरेक पटक केवल आश्वासन मात्र पाउंदै आएका, आश्वासन पूरा भने कहिल्यै नभएपछि उनीहरूले गैर आवासीय नेपाली संघ साउदी अरब समक्ष आंफूहरू ठगी र अन्यायमा परेको बताउदै दुख पोखेका थिए । गतः जनवरी ७, २०१३ मा एनआरएनए साउदी अरबले पीडित कामदारहरूको यही गुनासो आवश्यक कागजात सहित नेपाली दूतावासका उपनियोग प्रमुख तथा एनआरएन फोकल प्वाइन्ट समक्ष पुर्याएको थियो र बेला बेलामा यो केशको अनुगमन पनि गर्दै आएको थियो ।

नेपाली दूतावास र म्यानपावर कम्पनी (डेस्टिनी प्लेसमेन्ट सर्विसेज) दुबैबाट एलसेफ कम्पनीमा सम्पर्क गरी कामदारहरूलार्इ करारनामा बमोजिमकै तलब दिन अनुरोध (पहल) गरियो र अन्ततः रोजगारदाता कम्पनीले कामदारहरूप्रति न्याय गर्ने निधो गर्यो र कामदारहरूले ढिलै भएपनि न्याय पाए ।

गैर आवासीय नेपाली संघ साउदी अरब नेपाली दूतावास रियाद प्रति पीडितलार्इ न्याय दिलाउन पहल गरेकोमा कृतज्ञता ब्यक्त गर्दछ साथै डेस्टिनी (म्यानपावर कम्पनी) र यसका स्थानिय प्रतिनिधी जित बहादुर खड्काजीले पनि आफ्नो कर्तब्य, जिम्मेवारी र बचनबद्धता पूरा गरेकोमा वहांप्रति सम्मानभाव प्रकट गर्दछ । पीडित नेपाली कामदारहरूलार्इ हक, हित, न्याय र सुविधा दिलाउन नेपाली समुदाय, म्यानपावर कम्पनी र नेपाली राजदूतावासको यो सफल र सार्थक हातेमालो अन्य पीडित कामदारहरूका लागि पनि नजिर बन्न सकोस र हरि खड्काले झैं अरू पीडितहरूले पनि “मैले न्याय पाएं” भनेको सुन्न पाइयोस भन्ने शुभेच्छा ब्यक्त गर्दछ ।

एनआरएनए साउदी अरबको पत्र, जस्ताको तस्तैः

 

श्री उपनियोग प्रमुखज्यु

नेपाली राजदूतावास, रियाद

 

बिषयः सम्झौता बमोजिमको तलब सुविधा दिलाइदिनुहुन

 

उपरोक्त बिषयमा साउदी अरबको EL-SEIF ENGINEERING CONTRACTING COMPANY मा कार्यरत ३३ जना नेपाली कामदारहरूले सम्झौता बमोजिमको तलब सुविधा पाउन नसकेको गुनासो गर्नुभएकाले उहांहरूलाई उहांहरूले सम्झौता बमोजिम पाउनुपर्ने तलब सुविधा दिलाईदिनुहुनका लागि गैर आवासीय नेपाली संघ साउदी अरब अनुरोध गर्दछ ।

 

पीडितहरूमध्येकै कञ्चनपुर पुनर्बासका हरि खडकाले दिएको जानकारी बमोजिम उहांहरूलाई शुरूको ४५ दिनसम्म सा.रि. ७५० + १५० र त्यसपछि जब क्याटेगोरी अनुसार १,००० देखि १,५०० साउदी रियाल तलब दिने सम्झौता थियो । उहाहरू सबैजनालाई काठमाडौ बानेश्वरस्थित डेस्टिनी प्लेसमेन्ट सर्भिसेज (इजाजत पत्र नं. १६३/०५६/०५७)ले यहां पठाएको हो । उक्त म्यानपावर कम्पनीको कडा निर्देशन बमोजिम उपरोक्त सम्झौता पत्र लगायतका सबै कागजातहरू रहेको बन्द खाम सबैजनाले आउने बित्तिकै रोजगारदाता कम्पनीलाई बुझाएका थिए । तर हाल ६-८ महिना बितिसक्दा पनि उहांहरूमध्ये कसैले पनि सम्झौता बमोजिम भनिएको तलब पाउन सक्नुभएको छैन ।

 

यस कम्पनी एलसेफको मुख्य कार्यालय रियादको एक्जिट ९ मा रहेको छ र रियादमै डेस्टिनी प्लेसमेन्ट (म्यानपावर कम्पनी)का नेपाली एजेन्ट पनि रहनुभएको छ । पीडित कामदारहरू भने हाल जेद्धाबाट डेढ घण्टाको ड्राइभिङ दूरीमा स्थित साबर भन्ने ठाउंमा (राबिग नजिकै) रहनुभएको छ । रोजगारदाता कम्पनी र म्यानपावर कम्पनी संग बारम्बार गुनासो पोखिरहंदा पनि भनिएको तलब पाउन नसकेपछि करीब ५ जना कामदारहरू बाद्य भएर भागिसकेका छन भने अरू केहीले भने राजिनामा दिएर घर जानका लागि काम छोडेर बसेको अवस्था छ तर कम्पनी भने घर पठाउन पनि तयार छैन । स्थानिय एजेन्ट जित बहादुर खडकाका अनुसार यही जनवरी महिनामा नयां (पाउनुपर्नें) तलब दिइनेछ तर यस्तो आश्सासन बिगत ५-६ महिनादेखि निरन्तर दिइदै आएको तर पूरा नभएकोले कामदारहरूको आसा  र बिश्वास भने टुटिसकेको अवस्था छ ।

 

हामीले पीडित कामदारहरूलाई एनआरएनए साउदी अरबका तर्फबाट कुनै पनि कामदारहरू नभाग्न, काम नछोड्न तथा अन्य बिरोध या हडताल नगरी संयमता पुर्बक नेपाली राजदूतावासको बिशेष पहलकदमीमा दिलाइने न्याय र सुविधाको प्रतिक्षामा बस्न सल्लाह दिएका छौं ।

 

रोजगारदाता कम्पनी, म्यानपावर कम्पनीका एजेन्ट तथा पीडित कामदारहरूको नाम र सम्पर्क नम्बर यस प्रकार छनः

रोजगारदाताः

एलसेफ इञ्जिनियरिङ कन्ट्रयाक्टिङ कम्पनी, रियाद, एक्जिट ९

फोनः ४५४९१९१

फ्याक्सः ४५४२७५९

इमेलः [email protected]

वेभसाइटः www.el-seif.com.sa

म्यान पावर कम्पनीः

डेस्टिनी प्लेसमेन्ट सर्भिसेज, बानेश्वर, काठमाडौं (सम्पर्क नम्बरहरू संलग्न भिजिटिङ कार्डमा छन)

स्थानिय नेपाली एजेन्टः जित बहादुर खडका, रियाद, मोबाइल नं. ०५६८८४५७०५

पीडित कामदारहरू (प्रतिनिधी पात्र):

(१)    हरि खडका, कञ्चनपुर, मोबाइलः ०५८३६१८९९५

(२)    सुरेश, बांके

संलग्न कागजातहरूः

१.       तलब बुझेको रसिद (Salary Receipt)

२.       डिमाण्ड लेटर

३.       सम्झौता पत्र – अंग्रेजीमा

४.       सम्झौता पत्र – नेपालीमा

५.       म्यानपावर कम्पनीको भिजिटिङ कार्ड

 

Best regards

 

Dharam K.C.

President

NRNA NCC Saudi Arabia

Mobile: 00 966 (0)567659775

Web: www.nrnaksa.org

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.