Menu

NRNA साउदी अरबको निर्बाचन कार्य तालिका तथा आचार संहिता

२४ फेब्रुअरी २०१३

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको २०१३-१५ को कार्यकालका लागि जारी गरिएको

निर्बाचन कार्य तालिका तथा आचार संहिता

 

निर्बाचन कार्य तालिकाः

 

१.      नयां सदस्यता दर्ता गर्ने तथा नबिकरण गर्नेः              १० अप्रिल सम्म

२.      मतदाता(पञ्जिकृत सदस्य)हरूको पहिलो सूची प्रकाशन गर्नेः   १२ अप्रिलमा

३.      मतदाता सूचीमा दाबी बिरोधः                          १५ अप्रिल सम्म

४.      मतदाताहरूको अन्तिम सूची प्रकाशन गर्नेः                १७ अप्रिल सम्म

५.      उम्मेदवारहरूले उम्मेदवारी दिनेः                              २० अप्रिल सम्म

६.      उम्मेदवारूको प्रथम सूची प्रकाशन गर्नेः                  २१ अप्रिलमा

७.      उम्मेदवारहरू बिरूद्ध बिरोध, उजुरीः                    २४ अप्रिल सम्म

८.      उम्मेदवारहरूको साक्षात्कार (छलफल, प्रश्नोत्तर, बक्तब्य)            २६ अप्रिल (शुक्रबार)

९.      उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिनसक्नेः               २९ अप्रिल सम्म

१०.  उम्मेदवारहरूको अन्तिम सूची (नामावली) प्रकाशन गर्नेः            ३० अप्रिलमा

११.  कार्यसमितिमा रहेका पदहरूभन्दा बढीको उम्मेदवारी रहेमा चुनाव (मतदान)मा जाने, चुनाव महाधिवेशनमै हुने र इलेक्ट्रोनिक माध्यमबाट समेत हुनसक्ने।

१२.  महाधिवेशन हुनेः                                    १० मे २०१३ मा, दमाममा

पुनश्चः उम्मेदवारी आवदेन फारम र मतदान प्रकृयाबारे उचित समयमा जानकारी गराइने छ ।

 

निर्बाचन आचार संहिता तथा नियमावलीः

१.      महाधिवेशनमा भाग लिन एनसिसी साउदी अरबले जारी गरेको पञ्जिकृत सदस्यहरूको परिचय पत्र (आइडी कार्ड) अनिवार्य हुने छ र इलेक्ट्रोनिक माध्यमबाट हुने मतदान प्रकृयाका लागि कम्तीमा सदस्यहरूको मोबाइल नम्बर अनिवार्य हुनेछ । यसर्थ सबै पञ्जिकृत सदस्यहरूले आगामी १० अप्रिल अगावै संघमा आ आफ्नो मौजुदा मोबाइल नम्बर अपडेट गराउनुपर्नेछ ।

२.      निर्बाचन समिती तथा निर्बाचनमै सघाउन गठित समन्वय समितिमा रहेका कसैले पनि आंफै उम्मेदवार बन्ने या कुनैपनि उम्मेदवारहरूको प्रस्तावक या समर्थक रहन पाउने छैनन । कसैको पक्ष या बिपक्षमा बोल्नु या प्रचार गर्नु यो आचार संहिताको उलंघन गरेको मानिने छ र आवश्यक कार्बाही हुनसक्नेछ ।

३.      उम्मेदवारहरूले पनि अन्य उम्मेदवारहरूको प्रस्तावक या समर्थक रहन पाउने छैनन । कसैको प्रस्तावक या समर्थक रहिसकेकाहरूले पछि आंफै उम्मेदवारी दिएको पाइएमा त्यो पछि दिइएको उम्मेदवारी स्वतः रद्ध हुनेछ ।

४.      उम्मेदवारहरूले आफ्नो प्यानल खडा गरी सामुहिक उम्मेदवारी दिन तथा समुहगत प्रचार गर्नुलार्इ समेत यो आचार संहिताको उलंघन मानिने छ र निर्बाचन समितिले आवश्यक कार्बाही गर्नसक्नेछ ।

५.      कुनैपनि उम्मेदवारहरूले राजनैतिक, धार्मिक, जातिय या क्षेत्रिय नारा दिर्इ प्रचार गर्न पाउने छैनन र उम्मेदवारहरूले एक अर्काको बिरूद्ध ब्यक्तिगत टिका टिप्पणी तथा गाली गलोच गर्न पाउने छैनन । यस्तो गरेको पाइएमा पनि आचार संहिताको उलंघन गरेको मानिनेछ र निर्बाचन समितिले आवश्यक कार्बाही गर्नसक्नेछ ।

६.      परिषद (एनसिसी साउदी अरब)का सबै सदस्य तथा पदाधिकारीहरूका लागि उम्मेदवारहरू बिशुद्ध चरित्र तथा आचरण भएका, निश्वार्थ भावनाले नेपाल र नेपालीहरूका लागि यस संघमा तन, मन, धन र समय दिर्इ संगठनप्रति पूर्ण निष्ठावान समाजसेवीहरू हुनुपर्नेछ । युनिटी लाइफ तथा हुण्डी जस्ता अबैध कृयाक्लापमा संलग्न ब्यक्तिहरू तथा नेपाली कामदारहरूलार्इ ठगेका र अलपत्र पारेका कुनैपनि म्यानपावरका एजेण्ट तथा भिषाका कारोबारीहरू, यस संघप्रति बेइमान र संघको कार्बाहीमा परेकाहरू परिषदका लागि उम्मेदवार भएमा र तिनका बिरूद्ध यस निर्बाचन समितिमा बिरोध या उजुरी परेमा छानबिन गरी ती ब्यक्तिहरूको उम्मेदवारी रद्ध हुनसक्ने छ ।

७.      यस संघको कुनैपनि निकायमा रही पद मुताविक संघमा बुझाउनुपर्ने सदस्यता शुल्क नबुझाउने, बेरूजु फर्स्यौट नगर्ने, कबोल गरिएको रकम, Mandatory Contribution नदिने तथा संघको कोष संघको बैंक खातामा जम्मा नगरी अनधिकृत तवरमा खल्तीमा राख्नेहरूको उम्मेदवारी स्वतः रद्ध हुनेछ ।

 

 

 

निर्बाचन समिति

एनआरएनए साउदी अरब

चौथो महाधिवेशन आयोजक समिति

इमेलः [email protected]

 

निर्बाचन समितिः

१.      संयोजकः धरम के.सी., एनसिसी अध्यक्ष, दमाम

२.      सदस्यः राजु पौडेल, आइसिसी सदस्य, रियाद

३.     सदस्यः  यास्मिन बेगम, आइसिसी सदस्य, दमाम

४.     सदस्यः  रमेश भण्डारी, एनसिसी महासचिव, रियाद

५.      सदस्यः सन्तोष लुंइटेल, आरसिसी सचिव, जेद्धा

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.