Menu

एनआरएनए साउदी अरबका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रम सम्पन्न

२६ अप्रिल २०१३

 

NRNA साउदी अरबको पुर्ब निर्धारित निर्बाचन कार्य तालिका मुताविक आज शुक्रबार २६ अप्रिल २०१३ मा दमाम सिटी सेन्टरमा उम्मेदवारहरूको ‘साक्षात्कार कार्यक्रम’ सम्पन्न भयो । उपस्थित सबै उम्मेदवारहरूको परिचयबाट शुरू भएको यस कार्यक्रममा सबै उम्मेदवारहरूले आ आफ्ना मन्तब्य, पृष्ठभूमि तथा कार्ययोजनाहरू प्रस्तुत गर्नुभएको थियो । तत्पश्चात निर्बाचन समितिमा निर्धारित मिती तथा समयभित्र प्राप्त ४ वटा उजुरीहरूलार्इ संक्षेपमा प्रस्तुत गरियो र तिनमा आरोपित उम्मेदवारहरूले आ आफ्ना भनार्इहरू राख्नुभयो । उपस्थित पञ्जिकृत सदस्य (मतदाता)हरूले उम्मेदवारहरूलार्इ राखेका थप प्रश्नहरूको पनि सम्बन्धित उम्मेदवारहरूले जबाफ दिनुभएको थियो ।

कार्यक्रमको अन्तमा निर्बाचन समितिका संयोजक धरम के.सी.ले सबै उम्मेदवारहरूलार्इ बिशेष आग्रह गर्दै मतदानलार्इ हर हालतमा टार्नेगरी अधिकतम लचकता, त्याग, समझदारी, समन्वय र सदभाव राख्दै प्रतिस्पर्ध्दी ब्यक्तिहरू कसैले हारेरपनि संस्था (NRNA)लार्इ जिताउन तर्फनै ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । संस्थाले त्यस्तो त्याग र समझदारीको उच्च मुल्यांकन गर्ने र बिधानले नै मनोनितका लागि केही पदहरू राखेको (छुट्याएको), आइसिसी सदस्य, कोषाध्यक्ष जस्ता उच्च र महत्वपूर्ण पदहरू पनि खाली नै रहेको, आसन्न महाधिवेसनबाट बिधान संशोधन गरेर पनि एनसिसी (कार्यसमितिमा) तेस्रो उपाध्यक्ष लगायतका केही पदहरू थप्न पनि सकिने र सांचो अर्थमा संस्थामा काम गर्न चाहने साथीहरूका लागि एनसिसी र आइसिसी तहमै पनि बिभिन्न टास्कफोर्स कमिटीहरू समेत गठन गरिने हुंदा बिद्यमान उम्मेदवारहरूका लागि यस्ता बैकल्पिक अवसरहरू समेत उपलब्ध हुनसक्ने जानकारी गराउनुभएको थियो । साथै चुनाव (मतदान) टार्नकै लागि गठित समन्वय समितिका प्रमुख पदाधिकारीहरू यही महत्वपूर्ण घडीमा नेपाल जानुहुंदा सृजना भएको असहज परिस्थितीमा उम्मेदवारहरूका बिचमा अबको २ दिन भित्रमा कुनै सहमती, समन्वय र समझदारी हुननसकेमा निर्बाचन समितिबाटै पनि यथासम्भव निर्बिरोध निर्बाचन गराउन अधिकतम प्रयत्न गर्ने तर निर्बाचन समय तालिकामा कुनै परिवर्तन नगर्ने बताउनुभयो ।

यही २९ अप्रिल बेलुका ८ बजेसम्म उम्मेदवारहरूले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नुहुनेछ

साक्षात्कार कार्यक्रममा निम्न उम्मेदवारहरूको उपस्थिती रहेको थियोः

१.      पुरूषोत्तम दास श्रेष्ठ, अध्यक्ष

२.      भीम थापा, अध्यक्ष

३.      पर्शुराम मिश्र, अध्यक्ष

४.      नारायण पासवान, उपाध्यक्ष

५.      डोर बहादुर कार्की, उपाध्यक्ष

६.      जैबी रार्इ, महा सचिव

७.      बिष्णु चापागार्इ, सचिव

८.      चन्द्रमणी भण्डारी, सदस्य

९.      सुनिल बख्रिल, सदस्य

१०.  शंकर श्रेष्ठ, सदस्य

११.  शिब प्रसाद ढुंगाना, सदस्य

कार्यक्रममा अनुपश्थित रहने उम्मेदवारहरू

१.      दुर्गा खनाल, उपाध्यक्ष

२.      कृष्ण प्रसाद पोखरेल, उपाध्यक्ष

३.      नमराज लामिछाने, महासचिव

४.      सन्तोष लुंइटेल, सह कोषाध्यक्ष

५.      दिनेश सुनुवार, सदस्य

६.      नारायण भटरार्इ, सदस्य

७.      सन्दिप वली, सदस्य

८.      सूर्य याख्या, सदस्य (मध्य क्षेत्र)

९.      लाल मगर, सदस्य (पश्चिम क्षेत्र)

१०.  सनिता श्रेष्ठ, सदस्य (पुर्बी क्षेत्र)

११.  उषा के.सी., सदस्य (महिला प्रतिनिधी)

१२.  तेज थापा, सदस्य (युवा प्रतिनिधी)

 

निर्बाचन समिति

एनरएनए साउदी अरब

1 thought on “एनआरएनए साउदी अरबका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रम सम्पन्न”

  1. मुटुमा प्वाल परेका बालकको उपचारमा सहयोग

    वैशाख १३ – मुटुमा प्वाल परेका खाँदबारी १ का ९ वर्षीय सन्देश कटुवाललाई उपचार गर्न ७७ हजार सहयोग जम्मा भएको छ । कान्तिपुर र इ–कान्तिपुरमा फागुन २० गते मुटुको प्वाल टाल्न आर्थिक अभाव भएको समाचार प्रकाशित भएपछि उनलाई स्वदेश तथा विदेशमा बस्ने नेपालीले सहयोग गरेका हुन् ।

    साउदी अरबको जेदास्थित साउदी एयरको क्याटरिङ डिभिजनमा कार्यरत कास्की, पोखरा फूलबाका कृष्णप्रसाद पोखरेल र उनको प्रयासमा विदेश बस्ने नेपालीले कटुवाललाई ५२ हजार ४ सय ८६ रुपैयाँ सहयोग गरेका छन् । पोखरेल एनआरएन साउदी अरबको कार्यसमिति सदस्यसमेत हुन् ।

    उक्त रकम खाँदबास्थित राष्ट्रिय वाणिज्य बैंक खा“दबा शाखाको २०८००१५८६७१० नम्बरको खातामा जम्मा भइसकेको छ । उनलाई बैदेसिक रोजगारका क्रममा मलेसिया पुगेका एक नेपालीले ५५ सय, काठमाडौंका गोविन्द श्रेष्ठले ९ हजार, खाँदबारी युथ क्लबले ५ हजार, सुर्य बोर्डिङले ४ हजार र बरुण बोर्डिङले १ हजार रुपैयाँ सहयोग गरेका छन् । कटुवालका आमा सरस्वतीका अनुसार सहयोग प्राप्त भएपछि सन्देशको उपचार सुरु गरिएको छ ।

    आशाछ,राम्रो काम गर्ने साथिहरुलाइ हाम्रो गैराआबसिये सघले उहाहरुलाइ उच सम्मान गरि उहाहरु जस्तो लाइ अझै जिम्बेवारी पद को जिम्मा दिनेछ!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.