Menu

साउदी अरबमा अबैध कामदारहरूलार्इ अभूतपूर्ब महान छुटको अवसर

१२ मर्इ २०१३

साउदी अरबमा अबैध कामदारहरूलार्इ अभूतपूर्ब महान छुटको अवसर

–          यो छुट (अबैधहरूका लागि महान अवसर) आगामी ३ जुलार्इ २०१३ भित्रै लिइसक्नुपर्नेछ ।

–          भगौडा (अबैध) हरूले यो छुटको सुविधा लिनका लागि कि त आफ्नो असली (शुरूको) रोजगारदातामा फर्किनुपर्नेछ कि भने ग्रिनमा चलिरहेको अर्को कुनै कम्पनीमा जानुपर्नेछ ।

–          साउदी प्रबेश नै अबैध ढंगमा गरेकाहरू र ६ अप्रिल २०१३ यता अबैध बनेकाहरूले यो छुटको उपयोग गर्न पाउने छैनन । छुटको उपयोग गर्न ६ अप्रिल २०१३ यता खुलेका नयां कम्पनी (फर्म) मा पनि जान पाउने छैनन । यी कामदार लिने कम्पनी निताकत मुताविक ग्रीन या ब्लु स्टाटसमा हुनुपर्नेछ ।

–          कुनै अपराधमा संलग्न रहेका, मुद्धा लागेकाहरूले पहिला कानूनतः सफार्इ पाएको हुनुपर्नेछ ।

–          छुट अन्तरगत इकामा (आवासिय अनुमति पत्र) या अन्य कागजात तयार पार्दा लाग्ने जरिमाना (म्याद नाघ्दा लाग्ने) तिर्नुपर्ने छैन । नियमित सरकारी दस्तुर भने लाग्ने छ ।

–          आफ्नो योग्यता, शिप र क्षमता बमोजिम पेशा नमिलेकाहरूले पनि ३ जुलार्इ २०१३ भित्र निशुल्क आफ्नो पेशा सच्याउन पाउने छन ।

–          यो छुटको सदुपयोग गर्दै स्वदेश फर्किन जेल जानुपर्ने छैन, कुनै पनि दलालहरूलार्इ कुनै पनि रकम घुस या कमिशन दिनुपर्ने छैन र चाहेमा फेरी साउदी अरब फर्किन पनि सकिने छ ।

–          यो छुटको सुविधा दिलाउन साउदी सरकारले सम्बन्धित कार्यालयहरूको खुल्ने समय बढाउने र बिहिबार पनि ती सरकारी कार्यालयहरू खोल्ने जनाएको छ भने भारतिय दूतावासले २४सै घण्टा चल्ने बिभिन्न अतिरिक्त फोन सम्पर्क लाइनहरू उपलब्ध गराएको छ, स्वयमसेवकहरू परिचालन गर्दैछ र बिभिन्न शहरहरूमा आफ्नो समुदायसंग ब्यापक सरसल्लाह र सहकार्यलार्इ तिब्रता दिने भएको छ । नेपाली दूतावासका का.बा. राजदूतज्युले पनि नेपाली समुदायलार्इ यस अवसरको अधिकतम सदुपयोग गर्न सघाउन र दूतावाससंग सहकार्य गर्न आह्वान गर्नुभएको छ ।

–          एनआरएनए साउदी अरब आफ्ना सबै सदस्यहरूलार्इ यसबारेमा सत्य तथ्य बुझ्न र सम्बन्धित नेपाली कामदारहरूलार्इ बुझाउन तथा सहयोगको आवश्यक्ता पर्नेहरूलार्इ आंफूले सक्ने सहयोग पुर्याउन अनुरोध गर्दछ ।

–          यो छुटको अधिकतम सदुपयोग गर्न नसके ४ जुलार्इ २०१३ देखि नै साउदी सरकारले कडा कदम चाल्ने भएको छ जसमा लाखौं रियालको जरिमाना र बर्षौंको जेल सजाय हुने उल्लेख छ ।

यस छुटबारे बिस्तारमा बुझ्न यसैसाथ संलग्न PDF फाइल खोल्नुहोला । साउदी अरबको श्रम र गृह मन्त्रालयका वेभ साइटहरूमा पनि यो छुटको बिवरण सबिस्तार राखिएको छ ।

Summery GENERAL PROVISIONS OF CONCESSIONS

1 thought on “साउदी अरबमा अबैध कामदारहरूलार्इ अभूतपूर्ब महान छुटको अवसर”

  1. toya nath paudel

    १)यो सत्य हो कि होईन?
    २)यदि सत्य हो भने सम्पर्क ब्यक्ती कोहि हुनु हुन्छ?
    ३) साऊदिमा नै अबैधानिक रुप मा भित्रिएका हरु को लागी के ब्यबसथा हुन सक्ला?

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.