Menu

एनआरएनए साउदीको जेद्धा क्षेत्रिय समितिले साक्षात्कार कार्यक्रम गर्दै नयाँ बर्ष २०१४ मनायो

२० जनवरी २०१४

नयाँबर्ष २०१४ को आगमनलार्इ नेपाली समूदायहरूबिच आपसमा परिचित रहने माध्यमका रूपमा लिँदै १७ जनवरीमा एनआरएनए आरसीसी जेद्धाले बनभोज एवम् साक्षात्कार कार्यक्रम गरी हर्षोल्लासकासाथ मनायो । पूर्व निर्धारित  कार्यक्रमको रूपरेखा शुभकामना आदान-प्रदान तथा बनभोज भएतापनि उक्त कार्यक्रमको केही समयलार्इ औपचारिकता दिंदै साक्षात्कार प्रस्तुति पनि समावेश गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नेपाली कन्सुलेट जेद्धा अफिसका (निकट भविश्यमै कार्यसंचालनमा रहने) सहचारी श्री टंक रार्इले नेपाली राजदूतावास रियादको तर्फवाट शुभकामना व्यक्त गर्दै सरकारी प्रकृयाको पुर्णतासंगै छिटै जेद्धामा कन्सुलेट सेवा सुरू हुने जानकारी दिनुभयो । यसै सिलसिलामा कन्सुलर शुधिर भट्टरार्इ नेपाल जानुभएको समेत जानकारी गराउनुभयो । उहाँले जसरी यस क्षेत्रमा काम गर्ने झण्डै दुइलाख नेपाली दूतावासको सेवाको प्रतिक्षामा रहेका छन त्यसैगरी हामी दूतावास परिवार पनि यो समूदायलार्इ प्रत्यक्ष सेवा दिन आतुर रहेको बताउनुभयो ।

परिचयात्मक कार्यक्रममा आरसीसी जेद्धाका बर्तमान अध्यक्ष ध्रुव रिजालले एनआरएनएमा संगठित हुन सबैलार्इ अनुरोध गर्नुभयो । झण्डै ९० जनाको सहभागीता रहेको कार्यक्रममा छोटो साक्षात्कार प्रस्तुतीमा गैर आवासीय नेपाली संघ साउदी अरबका पूर्व महासचिब नारायण गुरूङले यो संस्थाको भिजन र मिसनमा सहभागि हुन हामीले केवल नेपाली भएर सोचे पुग्ने र संस्थामा संगठित हुँदा हामीमा सामूहिक बल, आपसमा भाइचाराको सम्बन्ध बिस्तार अनि समाजसेवाको असल उत्प्रेरक बनि स्वविवेकी एवम् स्वचालित बन्न उर्जा प्राप्त गर्नेहुँदा संगठनमा संगठित हुन सबैलार्इ अनुरोध गर्नुभयो । वहांले बुटवलका श्रीकान्त चौधरीको अल्मराइ कम्पनिमा आएको ६ महिनामै निधन भयो र उनकोलागि उक्त कम्पनिका नेपालीसाथीभाइ लागयत अन्य सहयोगी मनहरुले नेपाली रुपैया लगभग १५ लाख र अर्का नेपाली घन सिंह आलेको पनि उक्त कम्पनिमा आएको १० महिनामै असामयिक निधन भएको हुँदा उनको लागि पनि नेपाली रुपैया लगभग ५ लाख संकलन गरि नेपालमा मृतकका परिवारलार्इ राहत उपलब्ध गराएको दृष्टान्त पेश गर्नुभयो ।

उक्त औपचारिक कार्यक्रमलार्इ एनआरएनए आरसीसी जेद्धाका उपाध्यक्ष सन्तोष लुइटेलले संचालन गर्नुभएको थियो । कार्यक्रममा यान्बु बाट श्री प्रसाद परियार, ताइफ बाट डेन्डी शेर्पा, लेकी शेर्पा, एनसीसी सह-कोषाध्यक्ष तथा आरसीसी सल्लाहकार लाल ब. मगर, आरसीसी सह-कोषाध्यक्ष पुर्ण कार्की र आरसीसी सह-सचिव  जोग प्रसाद ज्ञवाली, स्थानिय जेद्धा क्षेत्रमा कृयाशील समाजसेवी कृष्ण श्रेष्ठ, अन्जन पोखरेलको सहभागिता रहेको थियो ।

संयोगवस उक्त कार्यक्रम आयोजना गरेकै दिन आरसीसी जेद्धाका सदस्य भिम ब. गुरूङका सुपुत्री आस्था गुरूङको जन्मदिन परेकोले सोही हलमा केक काटी जन्मोत्सव मनाइएको थियो । साथै, उक्त कार्यक्रममा एउटा सुन्दै अनौठोलाग्ने अद्भभूत कलाका धनी खुर्सानी कान्छा’ उर्फ बिकास गिरीले सम्पूर्ण सहभागिहरूलार्इ चकित पार्दै सबैको सामुन्य पन्ध्रवटा खुर्सानीका ढिंडीहरू निलेर जस्ताको तस्तै निलेको जति सबै खुर्सानीका ढिंडीहरू मुखबाट बाहीर निकालेर देखाउनुभएको थियो । उहाँले यो काम सएभन्दा बढि खुर्सानी खाएर निकाल्न सक्ने र प्रतिस्पर्धा गर्नपरेमा आफुमा दुइ सय वटा ढिंडी खाएर पनि जस्ताकोतस्तै निकाल्न सक्ने सहास रहेको र यो खुवीलार्इ गिनिज बुकमा लेखाउने इच्छा रहेको सबैलार्इ जानकारी दिनुभयो ।

कार्यक्रमलार्इ सफलताकासाथ सम्पन्न गर्न लागि पर्नुभएका हिरामणी भुषाल, ज्ञान प्रसाद अर्याल, रामराधा घिमिरे, राजु गुरूङ, मौला बकस मिया, बिनोद गुरूङ, भोज ब. अधिकारी, बिजय गौतम, चिनकाजी लामा, लोकनाथ काफ्ले, राम लम्साल, योगेन्द्र पोटी, सोम सारू, सुमन थापा, अर्जुन गुरूङ, बर्षा आले, बेद बहादुर गुरूङ, बिनोद तिमिल्सीना, दिपक तिमिल्सीना, रमेश खड्काहरूको उल्लेखनिय सहयोग रहेको थियो ।

एनआरएनए आरसीसी, जेद्धा [[email protected]]

1 thought on “एनआरएनए साउदीको जेद्धा क्षेत्रिय समितिले साक्षात्कार कार्यक्रम गर्दै नयाँ बर्ष २०१४ मनायो”

  1. Raj kumar B. k.

    ma lagayat 25 jana nepali sathiharu thuwal esthit king Abdulla University of science and technology(KAUST) ma kaam garxau,kirpaya Jeddah ma nepali haru lai sahayog garne samparka baykti wa sastha ko samparka pauna paya aavari hune thiau,,,,,,,,,,

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.