Menu

शेवामय तिहार बन्यो एनआरएनए साउदिको

१४ नोभेम्वर, २०१५
तेज थापा, साउदि अरव ।

मखमलि, सयपत्रि, गोदावरि फुल ओइलिएर गए, दिदि बैनिहरूको हात खालि रह्यो, बाध्यता र बिवसताले नेपालीहरूको दोस्रो ठूलो महान पर्व तिहारमा स्वादेश रम्न नपाएका एनआरएनहरू प्रवासमा शेवा दिदै रमाए । कार्यव्यस्तताको बाबजुत बचेको समय र संयोगले साप्ताहिक शुक्रवार छुट्टी परेको तिहारको दिन, बिहान ११ बजे देखि ५ बजेसम्म पासपोर्ट सहजिकरण शेवा दिएरै बित्यो साउदिमा एनआरएनएहरूको । शेवालिन आएका शेवाग्रहिहरूलाइ शेवा दिन व्यस्त रहेकोले घरको सम्झना कतै भुलेजस्तो भए पनि बिच-बिचमा बज्ने दिदि बैनिहरूको फोन रिङले पुनः ध्यान भंग भएको महशुश हुन्थ्यो । यसरि नै साझसम्म लगातार शेवा दिदै रमाए जुवेल क्षेत्रमा एनआरएनएहरू ।

IMG_20151113_160057

यहि नोभेम्वर २४ तारिख २०१५ देखि हस्तलिखित राहदानिको बैधानिकता समाप्त हुदै गर्दा जुवेल आसपास र टाढा-टाढाबाट समेत एमआरपि पासपोर्ट बनाउनेहरूको लामो लाइन लागेको थियो । पासपोर्ट सहजिकरण शेवा लगातार साझ ५ बजेसम्म चलि ३२ जना लाभान्वित भए पनि समय अभावका कारण बाकी १० जना शेवाग्रहिहरू फर्किन बाध्य भएका थिए । निकै व्यवस्थित शैलिमा संचालित पासपोर्ट सहजि करण शेवा जुवेल नेपाली रेस्टुरेन्टमा साप्ताहिक रूपमा लामो समयदेखि संचालन हुदै आइरहेको छ साथै समाज शेवि तथा रेस्टुरेन्ट व्यवसायी श्रीलिम्बुले निशुल्क हलको सुबिधा प्रदान गरेर सो शेवालाइ ठूलो सहयोग पुराउदै आउनु भएको छ । जागिरबाट बचेको समय सदुपयोग गरि प्रत्यक हप्ता साथिहरू आलोपालो गरि शेवामा लागेको जानकारि दिदै पुर्व एनआरएनए एनसिसि सदस्य चन्द्रप्रकाश भन्डारिले शेवा नै धर्म हो धर्मको लागि शेवामा समर्पित भए पुग्छ भन्ने बिचार प्रकट गर्नु भएको थियो ।

शेवा दिन जम्मा भएका एनआरएनहरू साझ ५ बजे पश्चात रेस्टुरेन्टमा घन्किएको देउसि भैलो गितसँगै एकआपसमा दिपावलिको शुभकामना आदनप्रदान समेत गरेका थिए । तिहारमा निधारखालि भए पनि नेपालीहरूको शेवामा समय खर्चन पाएकोमा आत्मसन्तुष्टि मिलेको भाव प्रट गर्दै पुर्व एनआरएनए एनसिसि कोषाध्यक्ष देवेन्द्र सुवेदिले उपस्थित स्वयम शेवकहरूको मनोवल बढाउनु भएको थियो । त्यसैगरि रेस्टुरेन्ट संचालक श्रीलिम्बुले व्यावसायीको अलावा बिदेशमा रहि नेपालीहरूलाइ शेवा गर्न पाएकोमा गर्व लागेको र आफ्नो लागि व्यवसाय भन्दा समाज शेवा नै ठूलो भएको धारणा राख्ननु भएको थियो । पुर्वी क्षेत्र क्षेत्रिय का. बा. अध्यक्ष ढल बहादुर थापाले सहकर्मि साथिहरूको लगातारको उपस्थितिले शेवामा उर्जा थपिएको बिचार राख्दै यसपालीको तिहार स्मरण योग्य भएको बताउनु भयो । सहजि करण शेवामा जुवेल एलसिसि अध्यक्ष तेजु कुमार श्रेष्ठ, एनआरएन कर्मी बलराम खड्का तथा एनसिसि महासचिव तेज थापाको प्रत्यक्ष उपस्थिति र सहयोग रहेको थियो ।
IMG_20151113_181517IMG_20151113_181517IMG_20151113_172054IMG_20151113_172040IMG_20151113_171827IMG_20151113_160024IMG_20151113_160010

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.