दुख पिडा जे नै थियो तिम्रो काख मै थिए आमा
प्रदेशिन बाध्य भए रुदै दिन काट्छु आमा
दैनिक मेरो मजदुरी ले ज्यान सुक्दै गयो आमा
आराम गर्ने तिम्रो खाक छैन प्रदेश मा आमा
मरुभुमी बालुवाको महल कहिले बन्ला आमा
गुन्द्रुक आटो प्यारो लाग्यो मुग्लान छिरेपछी आमा
आस मै औंला गन्दै हौला छोरो आउने दिन भन्दै
झुठो रैछ मुग्लान हेर ज्यान जान्छ सुत्ता सुत्दै
मुग्लान आए नाम नै रैछ खाडी यस्को लौ न आमा
पिडा सबै दबाएर जिउनै पर्ने रैछ आमा
कती मोठो निद्रा लाग्थ्यो तिम्रो काखमा सुत्दा आमा
छ्टपटी मै रात बित्छ मुग्लान को यो बेड मा आमा
सारा पिडा सहेर नै बाचेको छु मुग्लान मा
धन सम्पती जोहो गर्ने एउटा झुटो आश्वासनमा
बाचे आउला जाहाजमा धन र खुशी बोको पारी
मरे भने मुग्लान मा रातो काठ को बक्सा भरी ।।
अन्जनी कुमार अधिकारी
हडिया ६ उदयपुर नेपाल, हाल साउदी अरब जुबेल