युवाको सपना, मरूभूमिको बालुवामा महल ।
मरु मरु लाग्ने मरुभूमिको खाडीमा बालुवा माथि सपना को घर बनाउदैछ एक युवा
सिंगारेर नव दुलही भित्र्याउने जमर्को मा तातो घाम ले रापिदै तात्तातो सपना देख्दैछ एक युवा ।
सपना पुरा हुँदा नहुँदै चर्को अलार्म संगै छत्तछुला सपना संगै रापिलो घाम मा सेकिन निस्कंदै छ एक युवा
कामको चट्टारो मा मोबाइलको घन्टी बज्दा प्रेमिका को होकी भन्दै झट्ट गोजी मा हात हाल्छ एक युवा
बाबु ले ऋण तिर्ने दिन नजिकिएको खबर महिना नबित्दै पाउदा खुइया गर्छ खाडी को एक युवा ।
दिनभरको घाम र कामले थकित भएर फेरी एकपटक निदाउने चेस्टासंगै महिना मर्ने दिनको कल्पनामा छ एक युवा
महिना मर्ने हो या आफै , महिना मर्ने हो या आफै ? सोच्दा सोच्दै सहि समयमा अलार्म को चर्को स्वर ले झस्किन्छ एक युवा
क्याक्टसको बुटा मुनि सुखा खब्बुस चपाउदै निल्न नसकेर, उट संग एक घुट्की पानि मागी रहेछ खाडीको एक युवा ।
युरोपियन सपना बोक्दाबोक्दै अमेरिका छिरेको युवा ,आफ्नो बाउ आमा लाइ घर खर्च टार्न नसक्दा ऋण दिदैछ खाडी को युवा
मरु मरु लाग्ने मरुभूमि को खाडी मा बालुवा माथि सपना को घर बनाउदैछ एक युवा
सिंगारेर नव दुलही भित्र्याउने जमर्को मा तातो घाम ले रापिदै तात्तातो सपना देख्दैछ एक युवा ।
मरु मरु लाग्ने मरुभुमि मा भन्ने ले भने झैँ खरबको सुनकेशरी वृक्ष भेट्दैनन अरब मा युवा
कहिँ कतै कुनै दिन कसैले भनेको जस्तो सपना झैँ सुनकेशरी वृक्ष भेटेत बाच्थ्यो होला बिचारा त्यो युवा
अफसोच , रातो कपडाले बेरिएको काठको बाकशमा सेतो कपडा ले बेरिएर नाक मा सास नभएर कपाश खादिएर फर्किने हो कि, यो एक विर नेपाली युवा ||
मरु मरु लाग्ने मरुभूमि को खाडी मा बालुवा माथि सपना को घर बनाउदैछ एक युवा ||
एकराज थापा (कमल )
सुनसरी नेपाल
हाल : हब्शन ५ , अबुधाबी