शुक्रबार २० जनबरी, २०१७
खाडि मुलक अन्तर्गत साउदी अरब नेपाली कामदारहरूको लागी प्रमुख गन्तव्य देश मानिन्छ । करीब पाँच लाख भन्दा धेरै नेपाली कामदारहरू यहाँ श्रम बेचि रहेको अनुमान गरिन्छ । प्रचण्ड गर्मी र बिषम हावा-पानी नेपाली कामदारहरूका लागी सुहाउने बातावारण नभएता पनि प्रवासमा श्रम बेचि रहन बाध्य र बिवश छन् नेपालीहरू । खानपिनाको सन्तुलन नमिल्दा, नियमित स्वास्थय परिक्षण नगर्दा र प्रतिकुल मौशमका कारण दिनभर काम गरि सकुशल बिस्तारामा सुतेका नेपालीहरू सदाका लागी सुतेका सुतै हुने गर्दछन् । खाडि मुलक साउदीबाट काठको बाकसमा बर्षेनि धेरै संख्यामा नेपालीहरूको लास नेपाल जाने गर्दछ । जानेर वा नजानेर अथवा कुनै बेला लाप्रवाहि गरेर अकालमै नेपालीहरूको मृत्यु हुने गर्दछ साउदी अरबमा । देख्दा र सुन्दा सामन्य लागेता पनि स्वास्थ्य सम्बन्धि सचेतनाको कमिले यस्ता अप्रत्यसित घटनाहरू हुने गर्दछन् साउदीमा ।
पङ्तिमा उल्लेखित बिषय बस्तुहरूलाइ मध्य नजर राखि गैर आवासीय नेपाली संघ साउदी अरबले सचेतना अभिबृध्दि गर्ने प्रयास गरेकोछ । एनआरएनए एनसिसि साउदी अरब माताहातमा रहेको अलकासिम क्षेत्रिय समिति तथा सो क्षेत्रमा कृयाशिल एनआरएनए कर्मीहरू र समाजिक अगुवाहरूको पहलमा आज साउदी अरबको अलकासिम स्थित अल रवाक कम्पनिमा स्वास्थ्य सम्बन्धि सचेतना अभियान (health awareness campaign) कार्यक्रम सम्पन्न भएको छ । अभियानका दौरान लगभग ६० जनाले स्वास्थ्य सम्बन्धि जानकारी लिनु भएको थियो भने गैर आवासीय नेपाली संघ क्षेत्रिय समन्वय समिति अल कासिममा कृयासिल स्वयम सेवकहरुले कार्यक्रममा उपस्थित सबैलाइ स्वास्थ्य सम्बन्धी सुझावपत्र (Health awareness tips ) वितरण गरेका थिए । कार्यक्रममा डाक्टर आरिफ पासा, प्रबक्ता प्रो. अधिर शर्मा लगयातका अतिथिहरूले आ-आफ्नो मन्तव्य राख्दै यस्ता सचेतना मूलक अभियान साउदीमा कार्यरत कामदारहरूका लागी अपरिहार्य रहेको औलाउदै कार्यक्रम सफल बनाउन साथ दिनु हुने चिरन कट्टवाल,तिल गुरुङ र खेम बुढाथोकी ज्युहरू प्रति धन्यवाद प्रकट समेत गर्नुभएको थियो । त्यसै गरि प्रो. अधिर शर्मा को हातबाट डाक्टर आरिफ पासालाइ मायाको चिनो प्रदान गरिएको थियो साथै एनसिसि साउदी अरबका सचिव बिशाल श्रेष्ठ द्वारा कार्यक्रम पुर्ण रूपमा सफल भएकोमा आभार प्रकट गर्दै अथितिहरू, आयोजक कमिटि तथा स्वयम सेवक टिमलाइ धन्यवाद दिदै कृतज्ञता प्रकट गर्नु भएको थियो ।
स्मरण रहोस यस्तो सचेतना सन्देश मुलक कार्यक्रम एनआरएनए अलकासिम टिमले दोस्रो पटक आयोजना गरेको हो । गत २७ अक्टोबर, २०१६ मा पनि अलकासिमको बुरैदा स्थित मस्ना मारम (रसिद अल वल्ला) कृषि तथा ऊत्पादन कम्पनि (Agriculture and Production company) मा एनआरएनए अलकासिम टिमले स्वास्थ्य सचेतना तथा स्वास्थ्य परामर्श कार्यक्रम सम्पन्न गरि सकेको छ ।
अलकासिमबाट समाचार व्यूरोमा राज कुमार श्रेष्ठ तथा रम्जान दिन मियाँका साथ तेज थापा साउदी अरब ।
कार्यक्रममा केहि झलकहरूः