आरसिसि रियादको पाचौं साधारण सभा सम्पन्न ।

२३ जुन, २०१७

तेज थापा, रियाद साउदी अरब ।

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको मध्य क्षेत्र रियाद क्षेत्रिय समन्वय समितिको पाचौं साधारण सभा हिजो नेपाली राजदूतावास रियादको प्राङ्गणमा सम्पन्न भएको छ । सभाले सरद शर्माज्युको अध्यक्षतामा निम्न ७ सदस्यिय समिति सर्वसहमतिमा चयन गरेको छ ।

गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिति रियादका नव निर्वाचित पदाधिकारीहरु:

  1. सरद शर्मा, अध्यक्ष 0582588700 [email protected]
  2. राम बहादुर क्षेत्री, उपाध्यक्ष 0591445543 [email protected]
  3. प्रदिप पासवान, सचिब
  4. मुकेश कुमार सिंह, कोषाध्यक्ष 0537218955
  5. धनराज गुरूङ, सदस्य 0568550622 [email protected]
  6. कृष्ण प्रसाद श्रेष्ठ, सदस्य 0537741696 [email protected]
  7. कुल प्रसाद ढकाल 0568289380 [email protected]

एनसिसि अध्यक्ष नारायण पासवानज्युको सभापतित्व तथा नेपाली राजदूतावास रियादका प्रथम सचिव विजय कुमार रावतज्युको प्रमुख अतिथ्यमा सम्पन्न साधारणसभा कार्यक्रको संचालन एनसिसि महासचिव तेज थापाले गरेका थिए । कार्यक्रममा एनआरएनए आइसिसिका FEMWWC संयोजक धरक के.सी. बिशेष अतिथि रहनु भएको थियो भने भुतपुर्व एनसिसि कोषाध्यक्ष राजेश बुढाथोकीज्यु, एनसिसि साउदीका प्रमुख सल्लाहकार डोर बहादुर कार्कीका साथै नेपाली राजदूतावसा रियादका द्वितिय सचिव बिपिन दुवाडीज्यु अतिथिको रहनु भएको थियो । साधारण सभालाइ सफल बनाउन एनसिसि उपाध्यक्ष डमर कुमार यादव, सचिव बिशाल कुमार श्रेष्ठ, केन्द्रिय सदस्यहरू उमेश भट्टराइ, नारायण भट्टराइ, योगेन्द्र श्रेष्ठ, पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष चन्द्रमणी भन्डारी, सचिव अन्जनि कुमार अधिकारी, कोषाध्यक्ष चित्र कुमार रार्इ, अलकासिम क्षेत्रिय का. बा. अध्यक्ष मनिस कोइराला, सदस्य प्रकाश बि. क., चित्र कटुवाल एलसिसि अलखोबरका उपाध्यक्ष राजेश भट्ट, सचिव अनुप गुरूङ, गणेश के.सी. जगत राना लगायतका एनआरएनए कर्मीहरूको सहभागिता रहेको थियो ।

परिचयात्मक कार्यक्रमसँगै साधारण सभा कार्यक्रममा उपस्थितिहरूलाइ स्वागत गर्दै आरसिसि पुर्वी क्षेत्रिय सचिव अन्जिनि कुमार अधिकारीज्युले स्वागत मन्तव्य दिनु भएको थियो भने एनसिसि साउदीका केन्द्रिय सदस्य नारायण भट्टराइद्वारा सर्वसहमतिमा ७ सदस्यिय रियाद क्षेत्रिय समन्वय समितिको घोषणा गरिएको थियो ।

सपथ ग्रहण कार्यक्रम अन्तर्गत नवनिर्वाचित क्षेत्रिय अध्यक्षलाइ एनसिसि साउदीका अध्यक्ष तथा बाकी कार्य समितिका पदाधिकारीहरूलाइ रियाद क्षेत्रिय अध्यक्षलाइद्वारा सपथ ग्रहण गराइएको थियो ।

सपथ ग्रहण पश्चात नवनिर्वाचित पदाधिकारीहरूलाइ एलसिसि खोबरका उपाध्यक्ष राजेश भट्ट, अलसकासिम क्षेत्रिय का. बा. अध्यक्ष मनिष कोइराला, पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष चन्द्रमणी भन्डारी, एनसिसि सदस्य उमशे भट्टराइ, एनसिसि उपाध्यक्ष डमर कुमार यादव, नेपाली राजदूतावास रियादका द्वितिय सचिव बिपिन दुवाडीज्यु, प्रथम सचिव तथा कार्यक्रममा प्रमुख अतिथि बिजय रावतज्युले बधाइ शुभकामना मन्तव्य दिनु भएको थियो । त्यसैगरि कार्यक्रमका बिशेष अतिथि तथा एनआरएनए आइसिसि FEMWWC संयोजक धरक के.सी.ज्युले एनआरएनए साउदीको स्थापना नेपाली राजदूतावासको सोही प्राङ्गणबाट भएको स्मरण गर्दै रियादमा क्षेत्रिय समितिको महत्व र अपरिहार्यताबारे अवगत गराउदै नवनिर्वाचित कार्यसमितिलाइ बधाइ तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अन्त्यमा सभाका सभापति तथा एनसिसि साउदीका अध्यक्ष नारायण पासवानज्युले एनआरएनए साउदीको गतिबिधिहरू, आसन्न राष्ट्रिय महाधिबेशन तथा अक्टोबरमा काठमाण्डौंमा हुने एनआरएनएको विश्वसम्मेलन र साउदीका एनआरएनएहरूको भूमिका लगायतका बिषयबस्तुहरू कोट्याउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

तस्विर श्रोतः उमेश भट्टराइ तथा अन्जनि कुमार अधिकारी

1 2 3 4 5 6 7 8 9

Leave a Comment

Your email address will not be published.

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.