Menu

बाढी पिडित तथा बिपन्न समुदायलाइ राहत बितरण

 

१९ अक्टोबर, २०१७ झापा

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबको सहयोग तथा भूतपूर्व बिध्यार्थी समाज बाल कल्याण आधाभुत बिधालय शिवसतासी-५ भेलामुनी झापाले श्री बाल कल्याण आधाभुत बिधालय शिवसतासी- ५ भेलामुनी झापामा बाढी पिडित बिपन्न बिध्यार्थी समुदायलाइ बिध्यालय पोषाक वितरण गरेको छ। सो कार्यक्रमको सभापतित्व बिधालय व्यवस्थापन समिती का अध्यक्ष तथा वडा अध्यक्ष श्री सत्यनारायण राजवंशीले गर्नुभएको थियो, त्यसैगरी प्रमुख अतिथिको रुपमा स्रोतव्यक्ति श्री कृष्ण प्रसाद भव्डारी र विशेष अतिथिमा एनआरएनए साउदी का सदस्य श्री मनोज बराल र क्षेत्रीय समन्वय परिषद ताबुक साउदीका कोषाध्यक्ष श्री देवि बहादुर सुतारकार्की साथै आमन्त्रित अथिती मा नेपाल उधोग बाणिज्य महासंघ केन्द्रिय उपाध्यक्ष श्री एल पि सावा लिम्बु रहनुभएको थियो । एनआरएनएले सो विध्यालयका कक्षा १ देखि ५ सम्मका बाढी पिडित विपन्न ६४ वालवालिकालाइ विध्यालय पोषाक वितरण गरेको थियो । साथै भु. पु. विद्यार्थी श्री सुरज राई ले बाल बिकासमा अध्यरत ३३ बालबालिका र भुपु बिद्यार्थी सन्तोष कुमार थोपंडा र भगवती ढुंगेल कक्षा ६ देखि ८ सम्म को लागि पोशाक वितरण गर्नु भएको थियो ।

झापाबाट देबि कार्कीकासाथ एनआरएनए साउदी मिडिया टिम ।

कार्यक्रमका झलकहरूः

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.