०२ नोभेम्बर, २०१७
मोरङ, नेपाल
गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबले मोरङको रतुवामाइ नगरपालिका वडा न. ५ गोबिन्दपुर स्थित लेटि माध्यमिक बिध्यालयमा हिजो एक कार्यक्रम गरि बाढिपिडित बिपन्न वर्गका ६८ बालक र ६२ बालिकाहरु गरि जम्मा १३० जनालाइ बिध्यालय पोषाक वितरण गरेको छ । कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि तथा बिशेष अतिथि समेत रहेका द्वय रतुवामाइ नगरपालिकाका मेयर रबिन राई तथा उपमेयर दमयन्ता चुडालले एनआरएनए साउदिको प्रसम्सा गर्नुभएको थियो । साथै भविष्यमा आइपर्ने अफ्ठ्यारा परिस्थितिमा समेत सहयोगको अपेक्षा रहेको बताउनु भएको थियो । कार्यक्रम बोल्दै एनआरएनए एनसिसि साउदिका सदस्य मनोज बरालले स्वदेशमा आइपरेको ठूलो पिडामा सानै भएपनी मल्हम लगाउने कोसिस गरेको भन्दै आउदा दिनहरुमा आइपर्ने पिडाहरुलाइ मल्हम लगाउन सहयोगी हातहरु सदा तत्पर रहने उल्लेख गर्नु भएको थियो
सो कार्यक्रममा स्थानीय सस्था सामुदायिक हातहरुको समूह (साहास) नेपालका अध्यक्ष धन प्रसाद दहाल सहित दुर्गा बराल तथा नारायण बरालको सहभागिता रहेको थियो ।
मोरङबाट मनोज बरालकासाथ एनआरएनए साउदी मिडिया टिम
कार्यक्रमका झलकहरूः