Menu

एनआरएनए ताबुक क्षेत्रिय समिति साउदीले बिध्यार्थीहरूलाइ पोषाक बितरण गर्यो ।

०८ नोभेम्वर, २०१७

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबले रतुवामाइ नगरपालिका वडा न. ९ भौडाहा स्थित रत्नडिक प्राथमिक बिध्यालयका बाढिपिडित बिपन्न वर्गका १४ बालक र १२ बालिकाहरु गरि जम्मा २६ जनालाइ बिध्यालय पोषाक वितरण गरेको छ । गत आइतबार ०५ नोभेम्बर, २०१७ का दिन बिध्यालयका प्रधानाध्यापक भेष बहादुर थापाको अतिथ्यमा पोषाक बितरण कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा प्रधानाध्यापक थापाले एनआरएनए साउदिको प्रसम्सा गर्दै सस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित पुन: सहयोग कार्यलाइ निरन्तरता दिन आग्रह गर्नुभएको थियो । उक्त राहत कार्यक्रमलाइ एनआरएनए साउदिका सदस्य मनोज बरालले सम्बोधन गर्दै सानो सहयोगले सकारात्मक प्रेरणा मिलोस भन्ने कामना गर्नु भएको थियो।

कार्यक्रममा स्थानीय सहयोगी संस्था सामुदायिक हातहरुको समूह (साहास) नेपालका अध्यक्ष धन प्रसाद दहाल सहित दुर्गा बराल, महेन्द्र खतिवडा तथा नारायण बरालको सहभागिता रहेको थियो ।

सहकर्मी मनोज बरालकासाथ एनआरएनए साउदी मिडिया टिम

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.