Menu

प्रबासमा पनि मौलिक नेवारी संस्कृति र परम्परा परिपालन गर्दै बिश्व नेवा: दिवस मनाईयो ।

 

शनिबार, चैत्र २३, २०७५

साउदी अरबमा दोश्रो बिश्व नेवा:दिवस(३० मार्च) भव्यतापुर्बक मनाईएको छ । नेवा: समाज साउदी अरब को आयोजनामा शुभकामना आदान प्रदान तथा नेवारी भोज सहित दिवस मनाईएको हो ।

आफ्नै मौलिक भाषा,संस्कृति,परम्परा,रीतिरिवाज,भेषभुषा र खानाका परिकार,जीवन शैली,बास्तुकला को लागी नेपाल लगायत बिश्वभर नै अलगै पहिचान राख्न सफल नेवार समुदायले आफ्नो पुर्खाको नासो लाई विलुप्त हुन् नदिई सम्बर्धन गर्ने मुख्य ध्येय सहित बिश्व नेवा: संगठन को पहलमा सन् २०१८ देखि मार्च ३० को दिनलाई बिश्व नेवा: दिवस मनाउन थालिएको थियो । नेवा: दिवसको दिन बिश्वभर छरिएर रहेका नेवार समुदायले उत्सबको रुपमा मनाउने क्रम सुरु भए संगै पहिलो पटक साउदी अरबमा कार्यक्रम आयोजना गरिएको थियो ।

 

दमाम स्थित खयाम रेस्टुरेन्ट को सभामा आयोजित कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री कृष्ण श्रेष्ठले गरेका थिए । नेपाली दुताबास का दूतीय सचिब भरत खनालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा अन्तर संस्था समन्वय समिति,साउदी अरबका अध्यक्ष कृष्ण पुरी,एनआरएनए गल्फ महिला संयोजक यास्मिन बेगम,एनआरएनए,साउदी अरबका अध्यक्ष नारायण पासवान  बिशिष्ट अतिथि, तमु धी,शाखा साउदी अरबका अध्यक्ष खेम गुरुङ,नेपाल मगर संघ प्रबास शाखा साउदी अरबका का.वा अध्यक्ष बम बहादुर थापामगर,स्याङ्जा सहयोग समिति का अध्यक्ष बाल कृष्ण पंगेनी,काभ्रे सेवा समाजका अध्यक्ष जेन लामा,फ्रेन्ड्स अफ नेपाल,साउदी अरब का सँरक्षक मनोज नेपाली,किरांत राई यायोख्या का का.वा अध्यक्ष सी.के चामलिंग,प्रबासी नेपाली सहयोग युवा मंचका अध्यक्ष बिजय लामा,प्रबासी नेपाली सहयोग समुहका अध्यक्ष समिर राई,नेपाली साझा मंच का अकल प्रधान,हेल्प मधेसी,साउदी अरबका अध्यक्ष कमल देव साह,सामाजिक अभियन्ता मोहन बिएसके,ब्यबसायी राजु सैयद,कुबेर हुमागाई,राजेश स्यान्दांग,पत्रकारहरु नवराज योन्जन,शुक्र तामांग लगायतक अतिथि को रुपमा रहेका थिए ।

बिशुद्ध नेवारी परम्परा अनुसार कार्य शुभारम्भको प्रतिक मानिने श्री गणेश: को विधिवत पुजा संगै सुरु भएको कार्यक्रममा  उपश्थित जेष्ठ नेवार महिला रोशन माँ ले नेवार समुदायका उपश्थितिहरु लाई टिका,कोखा लगाई दिई आशिर्बाद दिएकी थिईन । कार्यक्रममा निम्त्याईएका प्रमुख अतिथी,बिशिष्ट अतिथी,अतिथी लगायत उपश्थित सबै लाई समेत एवं रितले कोखा,टिका र सगुनले स्वागत गरिएको थियो । साउदी अरबमा हुने अरु कार्यक्रमको दाजोमा भिन्न देखिएको तौर तरिकाको मुत्कंठ ले प्रशंसा गरिएको थियो । टिका,कोखा र सगुन ग्रहण को बेला उमंगयुक्त खुसियाली फैलिएको देखिन्थ्यो ।

कार्यक्रम नेवा:समाज,साउदी अरबका सचिव रोशन एन श्रेष्ठ र उनका अर्धाङ्गिनी श्रीमती सम्झना श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए । कार्यक्रममा श्रीमती सनिता श्रेष्ठ ले स्वागत मन्तब्य दिएकी थिईन भने सल्लाहकार पुरुषोत्तम दास श्रेष्ठ ले नेवार जातिको बारेमा स्पस्ट परेका थिए भने सल्लाहकार सुर्य श्रेष्ठ ले नेवा:समाज,साउदी अरब को समन्धमा प्रस्ट्याएका थिए साथै श्रीमती इन्दिरा श्रेष्ठ ले धन्यवाद ज्ञापन गरेका थिए ।

नेवारी रितिरिवाज अनुसार पस्किएको भोजमा परिकारहरू खाइरहंदा नेपालमै रहेको झल्को र खुशियालीको बिशिष्टाको माहौल र नेपाली सांगितिक कार्यक्रम ऎतिहासिक भएको थियो ।

एनए मिडिया मिडिया पार्टनरको रुपमा रहेको थियो । कार्यक्रमको प्रत्यक्ष प्रशारण एनए मिडिया को आधिकारिक फेसबुक पेज मार्फत गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.