Menu

भुपाल बस्नेत आफ्नो रिहाइमा संलग्नलाइ धन्यबाद दिदै आज नेपाल फर्किदैछन ।

 

९ अप्रिल २०१९
रम्जान दिन मियाँ, साउदी अरब

बराह -६, सुनसरीका भुपाल बस्नेत घर फर्किदैछन।  ६ बर्ष पहिले साउदिको अल महमिद कम्पनीमा ट्रक चालकको रुपमा कार्यरत रहेका उनि र  साइडमा रोकिराखेको  उनको ट्रकको पछाडी कार ठोक्कियो र कार चालक साउदी नागरिकको घटनास्थलमै मृत्यु भयो। ट्राफिकले गलत पार्किङग ठहरगर्दै अदालतले कानुनन ब्लड मनि  वापत ७५,३०० साउदी रियाल अर्थात् २२ लाख ११ हजार रुपैयाँ तिर्ने फैसला सुनायो ।जरिवाना भुक्तान नहुंदा सम्मका लागी जेल चलान भए। यसरी मे २०१६ (३५ महिना) देखी बुरैदा अल कासिम जेलमा बन्दी जीवन बिताइरहेका भुपाल बस्नेतको लागी रिहाइका लागी बचाउ अभियान संचालन गरिएको थियो। चन्दादाताहरूको सहयोगबाट संकलित रकम अदालतमा जम्मा गरेपछि गत चैत १८ २०७५ का दिन बस्नेत जेल मुक्त भएकाछन, कानुनि प्रकृया पुरा गर्दै  ९ अप्रिल २०१९ मंगलबार गल्फ एयरको फ्लाईट बाट नेपाल फर्किदैछन ।

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमको सकृयतामा रिहाइका लागी ८०३१ साउदी रियाल, गन्तव्य नेपाल, उनैजाको पहलमा  ७,००३ साउदी रियाल र नेपाली प्रवासी समाज हाइलको पहलमा १,०५१ साउदी रियाल गरि १६,०८५ साउदी रियाल रू. ४,९३,३०४ जम्मा गरिएको थियो । बाँकी अपुग रकमको लागि नेपालमा रहेको परोपकारी, सामाजिक संस्था प्रवासी नेपाली समन्वय समिती (PNCC) ले जिम्मेवारी लिएका थिए ।

प्रवासी नेपाली समन्वय समिति (PNCC) ले बाँकी अपुग रकम विभिन्न संस्थाहरु सितको समन्वयमा कुमार राना उद्दार समिती बाट ११ लाख ३० हजार ९ सय ६३ रुपैयाँ, गैर आवासीय नेपाली संघ (आइसिसि) कल्याणकारी कोषबाट २ लाख ३० हजार रुपैयाँ , प्रेम राई उद्दार बाट बचेको रकम बाट २ लाख रुपैयाँ , सुनसरी मोरङ समाज कतारबाट २ लाख २६ हजार रुपैयाँ , र बराह समाज सुनसरी बाट ११ हजार १ सय ११ रुपैयाँ संकलन भएको जानकारी PNCC का अध्यक्ष कुल प्रसाद कार्कीले दिए। तोकिएको संकलित रकम  नेपाली दूतावास रियाद साउदी अरबको सकृय भुमिकामा गत १ अप्रिल २०१८ का दिन अल कासिम कोर्टमा बुझाइएको थियो। बहिर्गमन भिसा नेपाली राजदुताबासको बिषेश पहल र टिकटको बन्दोबस्त एन आर एन ए अल कसिम क्षेत्रिय समन्वय समितिका पदाधिकारीहरूले गरिदिएको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.