Menu

NRNA ICC नवौँ सम्मेलनको समिक्षा बारे एनसिसी साउदी अरबको धारणाः

PDF फाइलका लागि यहाँ थिच्नु होस: विश्व-सम्मेलन-सम्बन्धि-प्रेष-विज्ञप्ति

NRNA ICC नवौँ सम्मेलनको समिक्षा बारे एनसिसी साउदी अरबको धारणाः

आदरणिय मध्य-पूर्ब लगायत संसारभर छरिएर रहनु भएका गैर आवासिय नेपाली संघमा आबद्ध नेपाली दाजुभाइ तथा दिदीबहिनी हरु।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को २०१९-२१ कार्यकालको निम्ती (१५-१७ अक्टोबर)मा सम्पन्न नवौं अन्तरराष्ट्रिय सम्मेलन मार्फत मध्यपूर्ब बाट  विजयी हुनुभएका पदाधिकारी हरुलाई  गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय समिती साउदी अरब हार्दिक बधाई र सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछ। ८० देशहरुमा राष्ट्रिय अधिवेशन आह्वान गरिएता पनि ६४ देशले अधिवेशन गरिसकेको तर काठमान्डु विश्व सम्मेलनमा कूल ४४ देशका २६५६ प्रतिनिधिले भाग लिएको अवसरमा मध्यपूर्ब बाट पनि निक्कै उल्लेखनिय उपस्थिती रहेको थियो।

उक्त सम्मेलनको अबधीभर केही उतारचडावहरु देखिए। डेलिगेटस रजिष्ट्रेसनको ढिलासुस्ती, निर्वाचन आयोगको अपूर्ण तयारी, बिध्युतिय उपकरणको सही सदुपयोग र सफलता हुन नसक्दा बैकल्पिक उपायको तयारी नै नगरिएको निर्वाचन समितिको कमजोरिपनका कारण निर्वाचन स्थगन गर्नुपरेको देखियो। केही असन्तुष्ट पक्ष बाट अनावश्यक हो-हल्ला साथै गलत मिडियाबाजीका करण उत्पन्न बिबादले गर्दा निर्वाचनमा ढिलाई हुन पुगेतापनी साउदी अरब लगायत मध्यपूर्बका डेलिगेटसका सम्पूर्ण सहभागीहरुको धैर्यता र सहनशिलता सहितको उपस्थिती पर्ती गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय समिती साउदी अरब धन्यवाद ज्ञापन गर्दछ।

यसै सन्दर्भमा: मध्यपूर्ब बाट निर्बिरोध निर्वाचित गराउन आवश्यक सहमती जुटाउन खटनुहुने र सहकार्य अनी समन्वयता गर्नुहुने सम्पूर्णमा एनसिसी साउदी अरब हार्दिक आभार प्रकट गर्दछ। साउदी अरब बाट उल्लेखनिय उपस्थित रहेता पनि  आसन्न सम्मेलनको दौरान सहभागी हरु मध्ये केही तत्वहरु  अनर्गल प्रचार तथा मध्यपूर्बका उमेदवारको जित नहोस भन्ना खातिर असफल बनाउन खोज्नेहरु पर्ती एनसिसी साउदी अरबको ध्यानाकर्षण भएको छ, यध्यपी साउदी अरब बाट उपस्थित ९७% देखिएको धैर्यता र अदम्य सहासले  मध्यपूर्ब पर्ती देखाएको एकता र समन्वयताले एनसिसी साउदी अरबको उचाइ बढेको आभास भएको छ।

अन्तमा: अध्यक्ष पदमा विजयी कुमार पन्त लगायत सम्पूर्ण टीमलाई संघमा विध्यमान असन्तुष्टी तथा बिकृति हरुलाई हटाइ संघलाई शासन मुखी बाट मुक्त गराइ श्रम मुखी बनाउन खटनुहुनेछ भन्ने आशाका साथ आगामी कार्यकालको सफलताको शुभकामा ब्यक्त गर्दछ। मध्यपूर्ब बाट निर्विरोध बिजयी प्रविण गुरुङ, उप-संयोजक राजेन्द्र(जोन) अर्याल र मनोज श्रेष्ठ(गोर्खाली) लाई पनि पुन: बधाई दिनुका साथै  खाडीका श्रमिक सम्बन्धी देखिएका बिकृति र बिसंगती बारे श्रमिकको पक्षमा वकालतका साथ एक ढिक्का भएर आवाज बुलन्द बनाउंदै आफ्नो कार्यकालको पूर्ण सफलता प्राप्त गर्नुहुनेछ भन्ने शुभकामना ब्यक्त गर्दछ।

विष्णु न्यौपाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय समिती-साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.