Menu

हार्दिक समवेदना

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदि अरबका पुर्व केन्द्रीय सदस्य एवम् वर्तमान सल्लाहकार दिपक शाही ज्यु कि ममतामयि सुपुत्रि ममता मल्ल ठकुरीको २१ बर्षको कलिलो उमेरमा गत १२ डिसेम्बर बिहिवार, २०१९ गते असामयिक दु:खद निधन भएको खबरले सिंगो एनसीसी, साउदि अरब स्तब्ध एबम् मर्माहित अवस्थामा रहेकै केही दिनमै दिपक जीको पूजनिय पिताको समेत असामयिक निधन भएको खबर प्राप्त भएसंगै समस्त NRNA परिवार साउदी अरबलाइ शोकाकुल बनाएको छ । स्वर्गीय पिता-पुत्रीको आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रध्दान्जली अर्पण गर्दछौं र शोक सन्तप्त परिवारजनमा धैर्य धारणा राख्ने शक्ति मिलोस भन्ने कामना गर्दछौं । यसैगरी मृतक ममता मल्ल ठकुरिको मृत्यु निकै रहस्यमय र शंकास्पद ढंगले भएको भन्ने विभिन्न सन्चार तथा पिडित परिवारजन बाट जानकारी पाइएकोले यसबारेमा सम्बन्धित निकायले सत्य तथ्य पत्ता लगाइ दोषी उपर कारवाही गरि पिडित परिवारलाइ उचित न्याय दिनको निम्ति हार्दिक अपिल गर्दछौं ।

प्रबक्ता

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,

साउदि अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.