Menu

गैर आवासिय नेपाली संघ साउदी अरबको गतिविधी

गैर आवासिय नेपाली संघ साउदी अरबको २०डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्ष्यतामा बसेको तेस्रो पूर्ण बैठकले २०१९-२१ कार्यकाल अवधी भर गरिने  कार्ययोजनाको खाका तयार पारेकोछ। बैठकमा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,आइसिसी मध्यपूर्ब सह संयोजक राजेन्द्र(जोन)अर्याल, आइसिसी सदस्य यास्मिन बेगम, आइसिसी मानार्थ सदस्य रमेश भण्डारी,एनसिसी साउदीका प्रमुख सल्लाहकार डमर यादव,  संस्थापक तथा भूतपुर्ब मध्यपुर्ब सह संयोजक राजु सैयद, संस्थापक तथा संरक्षक बिरेन्द्र कुमार चौधरी लगायत स्थानिय समितिका सदस्यहरुको बिशेष भेलाले बिभिन्न प्रस्ताव तथा निर्णयहरु पारित गर्दै वार्षिक कार्यतालिका साथ बिभिन्न समिती तथा उपसमिती निर्माण गरी जिम्मेवारी बाँडफाँड गर्दै संघले आफ्नो गतिबिधिलाई तिब्र बनाएको छ।

  • नेपाल प्रयटन प्रवर्ध्दन समिती: नेपाल भ्रमण बर्ष २०२०(Visit Nepal 2020) लाई लक्षित गरी साउदी अरबमा रहेको नेपाली दुताबास र महावाणिज्य दुतावास तथा बिभिन्न सरोकारवालाहरु संग समन्वय गरी प्रयटनलाई बिकास र प्रवर्ध्दन गर्न यो समिती गठन भएको हो। संघका केन्द्रिय उपाध्यक्षको संयोजकत्वमा राजकुमार श्रेष्ठ, शुक्र मोक्तान,राजकुमार गिरी,राम बहादुर क्षेत्री र अर्जुन थापा रहेका छन।
  • परोपकारी मेघा परियोजना समिती: संघका केन्द्रिय उपाध्यक्ष बिशाल कुमार श्रेष्ठको संयोजकत्वमा रबिना अर्याल र रमजानदिन मियां सहितको समिती गठन भएकोछ। उक्त समितिले नेपालका दुर्गमा जिल्लामा बिभिन्न भौतिक संरचनाहरु निर्माण गर्ने,अती बिपन्न बर्गका बिद्यालयमा आधारभुत आवश्यकतामा सहयोग गर्ने लगायत अन्य परोपकारी कार्यका साथ अगी बढने लक्ष राखेको छ।
  • एनसिसी साउदी अरबको सामुहिक लगानिमा नेपालमा परियोजना स्थापना समिती: गैर आवासिय नेपाली संघ साउदीमा आबध्द सदस्यहरुको सामुहिक लगानिमा नेपालमा उध्द्योग सन्चालन गर्नको निम्ती यसै संघका केन्द्रिय कोषाध्यक्ष सन्तोष लुइंटेलको संयोजकत्वमा एनसिसी अध्यक्ष तेज थापा, महासचिव उमेश भट्ट्राइ सहित योगेन्द्र श्रेष्ठ,लाल बहादुर मगर,बिष्णु न्यौपाने,नरेन्द्र कार्की,राम बहादुर क्षेत्री,सत्य केसी रहेका छन भने परियोजनाको सल्लाहकारको रूपमा मध्यपुर्ब सह संयोजक राजेन्द्र(जोन्)अर्याल रहेका छन। नेपालमा परियोजनाको लागि सम्भावित क्षेत्र तथा वस्तुको अध्ययन गरी कलकारखाना या कृषि भन्ने बिषयमा समितिको घनिभुत छलफल पछी परियोजनाको खाका सार्वजनिक गर्ने संयोजकको योजना रहेको छ।
  • लेवर टास्कफोर्स समिती:साउदी अरबमा अवस्थित नेपाली नियोग तथा सरोकारवाला संग समन्वय गरी बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरब पुगेर बिभिन्न कारणले जेल जीवन बिताइरहेका,अलपत्र परेका,दुर्घटनामा परेका पीडितको न्याय उध्दार गर्नको निम्ती संघका बरिष्ठ उपाध्यक्ष धुर्ब रिजालको संयोजकत्वमा चन्द्रमणी भण्डारी लगायत बिभिन्न क्षेत्रिय तथा स्थानिय समितिका अध्यक्षहरुको सदस्यता रहने गरी समितिको निर्माण भएकोछ।
  • साहित्य-कला तथा साँस्कृतिक समिती: बिदेशमा रहेर पनि नेपाली कला संस्कृतिको जगेर्ना गरी बिदेशमा पनि नेपालको पहिचान गराउने उधेश्यले उपाध्यक्ष मनोज बरालको संयोजकत्वमा सन्तोष लुइंटेल, बिष्णु न्यौपाने र गणेश खडका सहितको समिती निर्माण गरिएको छ।

यसैगरी चित्र कुमार राइको संयोजकत्वमा खेलकुद समिती, भोला पौडेलको संयोजकत्वमा सदस्यता अद्यावधी तथा संगठन बिस्तार समिती बिष्णु न्यौपानेको संयोजकत्वमा नयां क्षेत्र गठन जस्ता कार्ययोजनाहरु यसै बैठक द्वारा तय गरिएका छन। बैठकले संघका संस्थापक र बिज्ञहरुलाई समेटेर संरक्षक मन्डलको गठन गर्दै, बिभिन्न समयमा नि:शुल्क स्वास्थ्य परिक्षण, स्वास्थ्य जनचेतना कार्यक्रम गर्दै २०१९-२१ कार्यकाललाई ऐतिहासिक बनाउने एनसिसी साउदी अरबको लक्ष रहेको छ ।

बिष्णु न्यौपाने

प्रवक्ता

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद-साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.