Menu

NRNA NCC साउदि अरबको वार्षिक कार्यतालिका सार्वजनिक

गैर आवासिय नेपाली संघ साउदी राष्ट्रिय समन्वय परिषद साउदी अरबले २०२० को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । गत २०डिसेम्बर २०१९ का दिन अध्यक्ष तेज बहादुर थापाको अध्यक्ष्यतामा राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु,मध्यपूर्ब सहसंयोजक,आइसिसी सदस्य,सल्लाहकार तथा संस्थापक सहित संरक्षक मन्डल लगायत स्थानिय समितिका सदस्यहरुको रोहवरमा बसेको बिशेष भेलाले २०१९-२१ कार्यकाल अवधी भर गरिने कार्ययोजना भित्र २०२० मा गरिने योजनाको वार्षिक क्यालेन्डर सहित निम्न बमोजिमको कार्यतालिका सार्वजनिक गरिएको सबैमा जानकारी गराइन्छ ।

क्यालेन्डर खोल्नका लागि यहाँ थिच्नुहोस>>>> Calendar-2019-21, NRNA NCC KSA

कार्यतालिका खोल्नका लागि यहाँ थिच्नुहोस>>>> कार्यतालिका

यस प्रकारले गैर आवासिय नेपाली संघ साउदि अरबले २०२ को वार्षिक यात्राा तय गरेको छ। यसै बिचमा संघले पूर्व निर्धारण गरेका कार्ययोजनाहरुमा •नेपाल प्रयटन प्रवर्ध्दन समितीपरोपकारी मेघा परियोजना समितीएनसिसी साउदीको सामुहिक लगानिमा नेपालमा परियोजना स्थापना समितीश्रमिक समस्या न्युनिकरण गर्नको निम्ती लेवर टास्कफोर्स समितीसाहित्यकला तथा साँस्कृतिक समितीसंगठन बिस्तार जस्ता महत्वपूर्ण उपसमिती गठन गरी २०१९-२१ लाई ऐतिहासिक कार्यकालको रूपमा स्थापित गर्ने लक्ष लिइएको छ। यस्ता बिशेष कार्यक्रमको पूर्व तयारीको निम्ती संयन्त्र बनाएर बेला बेलामा साइबर तथा नियमित भौतिक बैठकहरु चक्रिय प्रणालीका रूपमा हरेक क्षेत्रहरूबाट संचालन गरिने निधो गरिएको सहर्ष जानकारी गराउंछौं ।

प्रवक्ता

बिष्णु न्यौपाने

NRNA NCC साउदि अरब

 

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.