Menu

साउदि अरबको रियादमा क्षेत्रीय समित गठन साथमा प्रबर्द्धन बर्ष २०२० प्रचार-प्रसारः

एनआरएनए मध्य रियाद क्षेत्रीय समन्वय समितिको पुनर्गठन तथा नेपाल पर्यटन प्रबर्द्धन बर्ष २०२० प्रचार-प्रसार कार्यक्रम सम्पन्न भएको छ । नेपाली राजदूतावास रियादको प्राङ्गणमा मिति १७ जनवरी, २०२० का दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पुनर्गठन विशेष भेलाले हेम सुवेदीको अध्यक्षतामा मेनुका सिटौला ओडारी: महिला उपाध्यक्ष, सुजन शेर राई: सचिव, विवेक श्रेष्ठ: कोषाध्यक्ष र पूर्ण कुमार मगरलाइ सहकोषाध्यक्षमा चयन गरेको छ भने नवनिर्वाचित समितिको पहिलो बैठकले रिक्त पदपूर्ति गर्नेछ । एनआरएनए आइसिसि मध्यपुर्व सहसंयोजक जोन अर्याल, मानार्थ सदस्य रमेश भन्डारी, एनसीसी साउदि अरबका संरक्षकहरु राजु सैयद, ओम घले, विरेन्द्र चौधरी, बिमल गौतमको समुपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा एनसीसी साउदि अरबका अध्यक्ष तेज थापा, उपाध्यक्षहरु भोला पौडेल, रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई सहित केन्द्रीय सदस्य सत्य नारायण के.सी. शुक्र मोक्तान, राम बहादुर क्षेत्रीको सहभागी रहेको थियो । त्यसैगरि जनसम्पर्क समिति साउदी अरबका सभापति दिपक रेग्मी सहितका पदाधिकारीहरु, नेपाली प्रवासी मंच साउदि अरबका संयोजक शिवराज जैसि सहितका पदाधिकारी एवम् अन्तर संस्था समन्वय समिति रियादका संयोजक अमृत पौडेल लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थितिले कार्यक्रम शोभनीय बनेको थियो ।

पुनर्गठन समिति गठन समितिकम संयोजक रमेश भन्डारीले मध्य रियाद क्षेत्रीय समन्वय समितिका पदाधिकारीहरुको नाम प्रस्तावित गर्नुभएको थियो । प्रस्तावित सुचिलाइ भेलाले छलफल गरि अन्तिम रुप दिएसँगै नवनिर्वाचित पदाधिकारीहरुलाइ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तेज थापाले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रमलाई महासचिव उमेश भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

स्मरण रहोस गत २० डिसेम्बर, २०१९ मा बसेको एनसीसी साउदि अरबको तेस्रो नियमित बैठकले आईसीसी मानार्थ सदस्य रमेश भन्डारीको संयोजकत्वमा एनसीसी उपाध्यक्ष भोला पौडेल तथा केन्द्रीकृत सदस्य राम ब. क्षेत्री सम्मेलित ३ सदस्य पुनर्गठन समिति गठन गरेको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.