Menu

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा श्रम सहचारिको बिदाइ कार्यक्रम सम्पन्न

 

गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा नेपाली राजदुताबास साउदी अरब रियादका  श्रम सहचारी अम्बिका प्रसाद अधिकारीलाई  साउदीको दम्माम स्थित मईमूना रेष्टुरेण्टमा गत ३१ जनवरी २०२० शुक्रवारका दिन बिशेष कार्यक्रमको आयोजना गरी बिदाइ कार्यक्रम सम्पन्न गरियो।

अध्यक्ष तेज बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीको रूपमा नेपाली राजदुताबास रियादका राजदुत प्राध्यापक डा. महेन्द्र सिंह राजपूतको उपस्थिती रहेको थियो भने अन्य अतिथिहरुमा द्वितिय सचिव तारा गौतम सहित दुताबास परिवार र दुताबासकै रूपमा कार्यरत स्थानिय कर्मचारी हरी घिमिरेको उपस्थिती रहेको थियो। अन्य उपस्थितिमा: एनआरएनए आईसिसी मध्यपूर्व सह-संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसिसी साउदीका संस्थापक राजु सैयद,ओम घले,बिरेन्द्र चौधरी, एनआरएनए एनसिसी साउदीका उपाध्यक्ष रोशन श्रेष्ठ, भोलानाथ पौड्याल लगायतका पदाधिकारीहरू, समाजसेवी तथा व्यवसायी कुबेर हुँमागाई र संचार कर्मीहरूको उपस्थिती रहेको थियो।

कार्यक्रममा मन्तव्य राख्दै श्रम सहचारी अधिकारीले आफ्नो चार वर्षको कार्यकालमा श्रमिकहरूको हितार्थ गरेको कामकार्वाहीहरूमा एनआरएनए साउदीले गरेको समन्वयकारी भूमिकाको प्रशंशा गर्दै आगामी दिनहरुमा यस्तै किसिमको निरन्तरता रहोस भन्ने शुभेक्षा प्रकट गर्नु भएको थियो। मन्तव्यकै क्रममा प्रमुख अतिथी प्राध्यापक डा. महेन्द्र प्रसाद सिंह राजपूतले आफू संगको दुई वर्षे सहकार्यमा श्रम सहचारी अधिकारी निष्ठावान र ईमानदार रहेको बताउँदै अगामी दिनमा कार्यदक्षताको उच्चता प्राप्तिको शुभेच्छा प्रकट गर्नु भएको थियो। एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज बहादुर थापाले मन्तब्य दिंदै गैर आवसिय नेपाली संघ साउदी अरब सदैव श्रमिक सरोकारका बिषयमा समन्वयकारी भूमिकालाई अझ तिब्रता दिंदै अगाडि बढ्ने प्रतिबध्दता जनाउनु भएको थियो। कार्यक्रमको सन्चालन केन्द्रिय सदस्य नरेन कार्किले गर्नु भएको थियो।

प्रवक्ता
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद,
साउदि अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.