Menu

नेपाली घरेलु महिला कामदार बारे एनआरएन साउदीले बुझायो ज्ञापन पत्र

गत ५-मार्च-२०२० तद्नुसार २२ फागुन २०७६ का दिन बैदेशिक रोजगारको शिलशिलामा साउदि अरबमा आउने नेपाली घरेलु महिला कामदारलाई अनुमती नदिनको निम्ती ध्यानाकर्षण गराउंदै नेपालबाट साउदि अरबको भ्रमणमा आउनु भएका संसदिय टोलीलाइ एक विशेष अन्तरक्रिया कार्यक्रमका दौरान ५ बुंदाहरु समेटि गैर आवासीय नेपाली संघ साउदी अरबले संस्थागत रुपमा ध्यानाकर्षण/ज्ञापनपत्र हस्तान्तरण गरेको छ।

म्यानपावर ब्याबसायी बाट नेपाली श्रमिकहरु ठगिने, छिमेकी मुलुक भारत लगायत अन्य मुलुक हुंदै खाडीका बिभिन्न देशहरुमा नेपाली महिलाहरु बेचिने, घरेलु महिला कामदार अन्याय अत्याचार, मानसिक तथा शरीरिक शोषणमा परेको तितो यथार्थ बारे उक्त टोलीलाइ ध्यानाकर्षण गराउंदै संघले ज्ञापन पत्र बुझाएको हो।

साउदी अरबको भ्र्मणको शिलशिलामा आउनु भएका उद्योग,बाणिज्य,श्रम तथा उपभोक्ता हित समिति सभापति विमल प्रसाद श्रीबास्तब,सांसद गोपाल बहादुर बम,सांसद दुर्गा कुमारी विश्वकर्मा,सांसद प्रमोद शाह,सांसद भिमसेन दास प्रधान,सांसद सुर्य नारायण यादव, राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठक,सांसद भवन उपसचिव शिव दत्त बराल,श्रम मन्त्रालय उपसचिव केशवराज सुवेदी,शाखा अधिकृत रबिलाल नेपाली लगायत नेपाली राजदूतावास रियादका प्रतिनिधि संलग्न गरि साउदि अरबको पुर्वी प्रान्त दम्माममा कृयशिल नेपाली संघसंस्था एवम् नेपाली जनसमुदायको संयुक्त एक विशेष अन्तरक्रिया कार्यक्रममा गैर आवासिय नेपाली संघ साउदी अरबले उक्त टोलीलाइ संस्थागत रूपमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

हस्तान्तरण गरिएको ज्ञापनपत्र हेर्नको लागि यहाँँ थिच्नुहोस:    Nepal-Bhram-toli-ghyapan-patra-05MAR20

अन्तमा: साधारण कामदारहरूका सम्बन्धमा नेपाल सरकारले तोकेको सेवा शूल्क अपारदर्शी र ब्यबहारिक नभएकोले गर्दा म्यानपावरहरुले कामदारबाट लाखौं लिएर रू.१०,००० मात्र को रसिद दिनुले गर्दा कामदार झन ठगिको शिकार हुंदैआइरहेका छन् । तसर्थ बैदेशिक रोजगारमा आउने कामदारबाट कति रकम लिने हो यकिन गरि सम्बन्धित कामदारले नै बैदेशिक रोजगार विभागको बैंक खातामा जम्मा गर्ने र सम्बन्धित म्यानपावरलाइ सरकारले नै उक्त रकम बैंक मार्फत जम्मा गरिदिने ब्यबस्था होस। यसबाट कामदार ठगिहुन बाट जोगिनुका साथै सरकारले म्यानपावरबाट आम्दानि अनुसारको राजस्व पाउनेमा पनि पार्दशिता हुने छ भन्ने संस्थागत धारणा राख्दै यहाँहरुको साउदी भ्रमणले यहाँ रहेका नेपाली श्रमिकहरुको हालको धरातलिय अवस्था र घरेलु महिला कामदारहरूको विषयमा गहन अध्ययन गरि निश्कर्षमा पुग्न सहज होस भन्ने आशा राख्दछौं।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.