Menu

कोरोना भाईरस बाट सजक रहन NRNA साउदिको हार्दिक अपिल:

विश्वभर महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस (NOVEL CORONA VIRUS-COVID19) ले नेपाल लगायत संसार भर छरिएर रहनु भएका सम्पूर्ण नेपाली हरुमा डर त्रासको वातावरण सृजना गरिरहेको परिपेक्षमा साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठकआह्वान गरेको थियो। बैठकले कोरोना भाईरस उध्दार सम्बन्धी घनिभूत छलफल द्वारा निर्णय गर्दै NRNA  साउदिका अध्यक्ष तेज बहादुर थापाको संयोजकत्वमा (अन्तरराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने गरी दुई जना सदस्य तेज बहादुर थापा-अध्यक्ष र धुर्ब कुमार रिजाल-बरिष्ठ उपाध्यक्ष) लाई चयन गर्दै साउदी अरबका बिभिन्न शहरमा रहेका क्षेत्र बाट थप ८ जना प्रतिनिधिहरु सहित १० सदस्सिय कोरोना भाईरस उध्दार समिती समिती गठन गरेको छ।

थप बिवरणका लागि PDF फाइल खोल्नुहोस:   कोरोना भाईरस बाट सजक रहन NRNA साउदिको हार्दिक अपिल

साउदी अरबमा रहेका कुनैपनी नेपालीहरुमा समस्या पर्न गएमा  नेपाली राजादुताबास रियाद र नेपाली महाबाणिज्य दुताबास जेध्दाको तल उल्लेखित नम्बरहरुमा यथा शिघ्र संपर्क गर्नुहुन वा एनआरएनए एनसिसी साउदि अरबका तपसिलका प्रतिनिधिहरुलाई संपर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।

नेपाली राजादुताबास रियाद:(0114611108) हटलाइन (0559389600)

नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683)

साउदी सरकारले गत साता देखी १४ दिने होम क्वारेन्टाइन निर्देश जारी गरेको थियो परन्तु संक्रमितको संख्या ह्वात्तै बढन थालेपछी २३-मार्च बाट लागु हुने गरी साँझ ७ बजे देखी बिहान ६ बजेसम्म २१ दिने कर्फ्यु आदेश जारी गरेको छ। यस्तो बिषम परिस्थितिमा बिशेष गरी साउदी अरबलाई आफ्नो कर्मथलो बनाएर बस्दै आउनु भएका सम्पूर्ण नेपाली जनसमुदाय तथा आम नेपाली श्रमिकहरुमा नआत्तिन,नहडबडाउन, शशंकित नहुन, भ्रमित नहुन र साउदी सरकारले जारी गरेको हरेक निती निर्देशनको पूर्ण रूपमा पालन गर्नुहुन  संस्थागत अनुरोध गर्दछौँ। साथै कोरोना भाईरस बाट आफु सचेत रहंदै अरुलाई पनि सचेत गराउन बिनम्र अनुरोध गर्दछौं।

बिशेष साबधानी:

  • साउदी सरकारले जारी गरेको हरेक निर्देशको पूर्ण रूपमा पालना गर्ने र कानुन बिपरितका कुनै पनी गतिबिधी नगर्ने।
  • अनावश्यक र अनाधिकृत संचार माध्यम, सामाजिक सन्जाल, युट्युब तथा अन्य माध्यम बाट आएका अपुष्ट समाचारहरुको भ्रममा नपर्ने। र तेस्ता रिपोर्टहरु आफु जानकार नभै बिभिन्न सन्जाल बाट आएका समाचारहरु पोष्ट या शेयर नगर्ने।
  • अनावश्यक रूपमा भिडभाड स्थानमा भेला नहुने र कुनै जमघट वा कार्यक्रम नगर्ने।
  • स्वास्थ्यको पूर्ण रूपमा ख्याल गर्दै नियमित आहार, ब्यायाम, सरसफाइमा बिशेष ध्यान दिने। भरसक उमालेर पानी पिउने र आँफैले बनाएको खाना खाने।
  • नियमित रुपमा साबुन लगाएर हात धुने र एन्टिबेक्टेरियल, हेन्ड सानीटाइजर लगायत अन्य जिवाणुनाशक पदार्थको प्रयोग गर्ने।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो वा कागजी-रुमालले नाक-मुख छोप्ने र प्रयोग गरिएको रुमाल, टिस्स्यु बन्द फोहोरदानीमा फाल्ने।
  • नियमित रूपमा मास्कको प्रयोग गर्ने र रुघाखोकी वा ज्वरोका लक्षण देखिएका ब्यक्तिहरु संग टाढा बस्ने तर तुरुन्त आवश्यक सहयोग गर्ने।
  • आफु र आफ्ना परिवारजनमा ज्वरो,खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै हस्पिटल जाने वा कुनै बिपत्तिमा परेमा माथि उल्लेखित सम्बन्धित निकायमा संपर्कमा आउने।
  • अत्यावश्यक रूपमा यात्राा गर्नुपरेमा साउदी सरकारले यात्रा सम्बन्धी निर्देशनहरू जस्तै प्रवेशमा निषेध, क्वारेन्टाईनको आवश्यकता आदिको अध्ययन गर्ने।
  • अपरिचित ब्यक्तिले दिएको कुनै पनि भोजन सेवान नगर्ने वा बस्तु नलिने।

अन्त्यमा: तिब्र रूपमा फैलिएको संक्रमणको उन्मुलनको उपाय यथा शिघ्र निस्कोस, अबरुध्द भएका सरकारी तथा गैर सरकारी वा अन्य कार्यालयहरु छिट्टै सुचारु हुन सकुन, सम्पूर्ण नेपालीहरुमा डर त्रासको बातावरणको अन्त्य होस, परदेशमा अलपत्र परेका वा घर बिदामा गएर पुन: आफ्नो कर्मथलो फर्किन नपाएकाहरुको छिटो समाधान होस भन्नेमा गैर आवासिय नेपाली संघ साउदी अरब आशाबादी छौं।

प्रवक्ता

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद-साउदि अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.