Menu

NRNA साउदीको कोरोना पीडित उध्दार अभियानको पछिल्लो अद्यावधी

कोरोनाको कारण साउदी अरबमा रहेका नेपाली श्रमिकहरुलाई पनि प्रतक्ष असर पुगेको र केही नेपाली श्रमिकहरु समेत संक्रमित भएको दु:खद खबर प्राप्त भए संगै कोरोनाकै कारण बिचल्लिमा परेका नेपालीहरुको ब्यापक गुनासोहरुलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले कोरोना पीडितहरुको पहिचान गरी तत्काल राहत तथा उद्धारको निम्ती सम्बन्धित निकाय संग पहल र पैरवी गर्दै अभियानलाई तिब्रता दिनको निम्ती गत ८-मई -२०२० का दिन सातौं पूर्ण बैठक सम्पन्न गरेकोछ।

बैठकमा राष्ट्रिय समन्वय परिषदका सम्पूर्ण पदाधिकारी लगायत आमन्त्रित आइसिसी सदस्य श्री नारायण पासवान, आइसिसी मानार्थ सदस्य श्री रमेश भण्डारी, मध्यपूर्ब सहसंयोजक श्री राजेन्द्र अर्याल, महिला सदस्य श्रीमती यास्मिन बेगम सहित नेपाली राजादुतावास रियाद साउदी अरबका नियोग प्रमुख श्री दिलिप पौडेल र श्रम सहचारी श्री जिबन राइको सेमत उपस्थिती रहेको थियो। कोरोना उध्दार अभियानमा हाल सम्म संघले गरेका राहत बितरणका प्रयास र उपलब्धी सहित तपसिलका बिषयहरुमा छलफल गरी मध्यस्थकर्ताको रूपमा यहाँ स्थित कुटनितिक नियोग संग समन्व्यकारी भूमिका निभाउंदै अभियानलाई थप सशक्त बनाउने निर्णय गरिएको छ।

थप जानकारीका लागि यहाँँ राखिएको फाइल हेर्नुहोला:NRNA साउदीको कोरोना पीडित उध्दार अभियानको पछिल्लो अद्यावधी

बैठकले साउदी अरबको बिभिन्न स्थानमा कोरोना बाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा, स्वदेश फिर्ती,साउदी अरब र नेपाली राजदुताबास बिच समन्वय गर्दै अगाडि बढ्ने र साउदी अरबमा रहेका सम्पूर्ण संघ संस्था, समाजसेवी, बुध्दीजिबी,मिडिया लगायत अन्य सरोकारवाला सबै संग हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर सम्म उध्दारको निम्ती सहकार्य गर्दै अगी बढ्ने निर्णय गरेको छ।

बिष्णु न्यौपाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.