Menu

COVID-19 कार्यमा NRNA NCC साउदीको गतिबिधी चौथो हफ्ता:

 

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्येक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। गत साताको तुलनामा साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या दोब्बरले बढेर १३६४ पुग्नुको साथै नेपालीको ज्यान गएको पुष्टि हुन आएकोछ।

हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २६५ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। यो कार्यलाई अझ शसक्त रूपमा निरन्तरता दिंदै पीडितहरु समक्ष तत्काल पहुंच होस भेन्ने हेतु संघको कोरोना उध्दार कार्यदल कमिटिले हरेक साता साइबर भिडियो कन्फ्रेन्स मिटिङ गर्दै आएकोछ। यसै अनुरूप साउदी अरबमा रहेका हरेक क्षेत्रका क्षेत्रीय समिती तथा स्थानिय समितिहरुलाई प्रत्येक हफ्ता पालैपालो जोडदै लैजाने पूर्व योजना अनुसार २२ मई २०२० का दिन बसेको बैठकमा NRNA NCC सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी सदस्य श्री नारायण पासवान,आइसिसी मानार्थ सदस्य श्री रमेश भण्डारी,मध्यपूर्ब सह संयोजक श्री राजेन्द्र अर्याल,महिला सदस्य श्रीमती रबिना अर्याल लगायत पुर्बी क्षेत्रका दमाम,खोबर,अब्किक,रहिमा,अलहासा क्षेत्रका स्थानिय समितिहरुको उपस्थिती रहेको थियो।

गत साता गैर आवासिय नेपाली संघ साउदी अरबले यस  बिपदको घडीमासाउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै कोरोना पीडित उध्दारको निम्ती अगाडि बढ्न संघले संस्थागत  अपिल  गरेको थियो जस अनुरूप  मोरङ सुनसरी सेवा समाज र नेपाली हातेमालो समाज साउदी अरबले ऐक्यबध्दता जनाउंदै कोरोना पीडित राहतमा सहकार्य गर्ने निर्णयका साथ हाम्रो संघलाई पत्र प्राप्त भएकोछ। नेपाली हातेमालो समाजको उक्त निर्णयलाई हामी संस्थागत हार्दिक स्वागत गर्दछौं साथै दु:खद परिस्थितिमा सहिष्णुता देखाउनुभएकोमा NRNA NCC  साउदी परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

हामी सबै श्रमिक हौं, श्रमिक-श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर नेपाली श्रमिककै निम्ती हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थकर्ताको रूपमा आवाज बुलन्द बनाउन सक्छौं भन्नेमा हामी विश्वस्त छौं । दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ। यहाँ स्थित सम्पूर्ण संघ संस्थाहरु तथा सम्बन्धित सरोकारवाला हरुको साथ सहयोग, समन्वय र सहयात्रााको निम्ती काँधमा काँध मिल्यो भने हामी अवश्य यस बिपदको खाडल बाट अवश्य मुक्ती पाउने छौं।

अत: साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वय को चौथो हफ्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंदै। साउदीमा अलपत्र परेका पीडितहरुलाई यथा शिघ्र उचित ब्यबस्थापनाका साथ स्वदेश फिर्ता गर्नको निम्ती नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला हरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.