Menu

COVID-19 कार्यमा NRNA NCC साउदीको गतिबिधी छैटौं हफ्ता:

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। हाल सम्म साउदी अरबमा ९५,७४८ जना संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या ६४२ रहेको छ। संक्रमित हुने नेपालीहरुको संख्या १३६४ पुग्नुको साथै  जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको पछील्लो अवस्था हो। बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत संक्रमित नेपालीको संख्या अझै बढेको बारे खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकाय बाट पछील्लो आधिकारिक खबर प्राप्त भएको छैन।

यो साता पिडामा परेका १२ जना महिला सहित थप ३१ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३१२ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ३०० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र उध्दारमा कानुनी उपचार द्वारा समाधान भएका छन्। साउदीका हरेक क्षेत्रका क्षेत्रीय समिती तथा स्थानिय समितिहरुलाई प्रत्येक हफ्ता पालैपालो जोडदै लैजाने पूर्व योजना अनुसार ५ जुन २०२० का दिन बसेको बैठकमा NRNA NCC का सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी पदाधिकारी लगायत मध्य क्षेत्र रियाद र अलकासिम क्षेत्रका क्षेत्रीय समितिहरुको उपस्थिती रहेको थियो।

बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासोको बिषय चैं जती सक्दो छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग थियो। स्वदेश फर्काउने सरकारको तिब्र तयारी रहेको जानकारी प्राप्त भएतापनी साउदी अरबको लागि उडानको मिती नतोकिएको कारण अझै अन्योलता रहेको वक्ताहरुको ठहर थियो। स्वदेश फर्किन पाउं भन्दै हाल सम्म झन्डै १० हजार भन्दा बढी  नेपालीहरुले साउदी अरबमा रहेको नेपाली राजादुताबास रियाद र नेपाली महावाणिज्य दुतावास जेध्दामा निवेदन परेको छ, जसमा ६ हजार ५ सय पीडितहरु रोजगारी गुमाएका, बहिर्गमन भएर बसेका, भिजिट भिसामा आएका,नेपालमा आफन्त गुमाएका जस्ता उच्च प्राथमिकताका रहेका छन जसलाई सरकारले यथा शिघ्र स्वदेश फिर्ता लैजानु पर्ने बैठकको निस्कर्ष रहेको थियो।

गैर आवासिय नेपाली संघ साउदी अरबले यस  बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएका छौं। दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ। अत: साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको छैटौं  हफ्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता जनाउंदै। साउदीमा अलपत्र परेका पीडितहरुलाई यथा शिघ्र उचित ब्यबस्थापनाका साथ स्वदेश फिर्ता गर्नको निम्ती नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला हरुलाई ध्यानाकर्षण गराउन चाहन्छौं।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.