Menu

नेपालीहरुको जिबन रक्षाका लागि एनआरएनए साउदिद्वारा ज्ञापन पत्र बुझाएको बारे

विश्वभर महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस COVID-19 ले गर्दा साउदि अरबमा रहेका नेपालीहरुलाई निक्कै जटिल समस्या परेको कारण आम श्रमिकहरु आक्रान्त बन्दै गएको, कोरोनाको कारण धेरै नेपालीहरु संक्रमित भएको, केही संक्रमित नेपालीहरुले हस्पिटलमा उपचार नपाउनुको कारण हताहत भएको र हस्पिटल पुर्याउनको लागि हारगुहार गरेको तथा उपचार नपाएर मृत्‍युवरण सम्म गर्न पुगेका, धेरै नेपालीहरुले रोजगारी गुमाएर खान बस्न समेत नपाएका घट्नाहरु बढ्दै गइरहेका र दैनिक पीडितहरुका गुनासोहरु आउने क्रम बढ्दै गएको   बिषम परिस्थितीमा साउदि अरबमा  संकटमा परेका नेपालीहरुको जिबन रक्षाका लागि सम्बन्धित निकाय तथा सरोकारवालाहरुको ध्यानाकर्षण गराउनको निम्ती मिती १०-जुन्-२०२० का दिन गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति साउदी अरबको कोरोना उध्दार कार्यदलको आकस्मिक बैठक बसेको थियो।

हाल साउदि अरबमा रहेका नेपालीहरुको गम्भिर समस्या बारे तत्काल सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनु पर्ने निर्णय गरी बैठकले  बसेर ७ बुंदे ज्ञापन पत्र तयार गर्‍यो। उक्त पत्र साउदि अरब स्थित नेपाली राजदुताबास रियाद र नेपाली महावाणिज्य दुतावास जेध्दालाई बुझाईएको छ।

थप जानकारीका लागि यहाँँ संलग्न गरिएको फाइल अवश्य हेर्नुहोला:

नेपालीहरुको जिबन रक्षाका लागि ज्ञापन पत्र to Embassy of Nepal

नेपालीहरुको जिबन रक्षाका लागि ज्ञापन पत्र to General Consulate Jeddah

ज्ञापन पत्रमा संलग्न गरिएका बुंदाहरु यस प्रकार थिए:-

  1. कोरोनाका कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछील्लो अवस्था (संख्यात्मक)अद्यावधिक गर्न हामी संस्थागत अनुरोध गर्दछौं।
  2. स्वदेश फर्कन पाउं भन्दै दुताबास समक्ष आएका पीडितहरुका गुनासोलाई यथोचित सम्बोधन गर्दै हजारौं संख्यामा स्वदेश फर्कनको निम्ती पर्खाइमा रहेका नेपालीहरुलाई यथाशिघ्र नेपाल फर्काउने ब्यबस्था मिलाउनको लागि हामी संस्थागत अनुरोध गर्दछौं।
  3. बिशेष गरी गैर कानुनी रूपमा रहेका नेपाली कामदारहरुलाई रोजगारदाता कम्पनिले तलब सेवा सुबिधा नदिई बिचल्लिमा परेर स्वदेश फर्कनको निम्ती पर्खाइमा रहेका नेपालीहरुलाई दुताबास बाट उचित ब्यबस्थापनका साथ स्वदेश फिर्ता पठाउनको लागि र करार अवधी पुरा नहुंदै जागिर बाट बन्चित पीडितहरुको पहिचान गरी कम्पनी वा म्यानपावरलाई जिम्मेवार बनाउंदै न्याय तथा उध्दारको निम्ती सम्बन्धित निकाय संग कुटनितिक पहल गरी प्रबन्ध मिलाउनको लागि हामी संस्थागत अनुरोध गर्दछौं।
  4. कोरोनाका कारण बिमार परेर हस्पिटल जान नपाएका, रोजगारदाता कम्पनी द्वारा वास्ता नगरिएका नेपाली नागरिक हरुलाई यथा शिघ्र उपचारको निम्ती रोजगारदाता कम्पनी संग दबाबमुलक समन्वय  उपचार गर्न गराउन हामी संस्थागत अनुरोध गर्दछौं।
  5. कोरोना वा अन्य कारण मृत्‍यु भएका नेपाली नागरिकका परिवारले पाउनु पर्ने जिबन बिमा तथा रोजगारदाता कम्पनी बाट पाउनु पर्ने क्षति पुर्तिको निम्ती रोजगारदाता कम्पनी तथा सम्बन्धित निकाय संग यथाशिघ्र पहल गर्न हामी संस्थागत अनुरोध गर्दछौं।
  6. कोरोना बाहेक अन्य कारण मृत्‍यु भएका नेपालीहरुका आफन्त तथा परिवार नेपालमा मृतकको शब कुरेर बसिरहेको अवस्थालाई मध्यानअजर गर्दै यथा शिघ्र शब नेपाल पठाउनको निम्ती सरकार तथा सम्बन्धित सरोकारवाला संग पहल गर्न हामी संस्थागत अनुरोध गर्दछौं।
  7. कोरोनाकै कारण रोजगारी गुमाएर बिचल्लिमा परेका नेपालीहरुले दैनिक छाक टार्न सेमत नसक्ने अवस्थामा रहेका पीडितहरु स्वदेश फर्कनको लागि र नेपालमा पुगेर क्वारेन्टाइनमा बस्ने सम्पूर्ण खर्च ब्यक्ती स्वयम्ले व्यहोर्न सक्ने स्थिती नरहेको हुंदा पीडितहरुको डाटा सार्वजनिक गर्दै वास्तबिक पीडितहरुको पहिचान गरी निशुल्क स्वदेश फर्कनको लागि सरकार वा सम्बन्धित सरोकारवाला संग समन्वय गर्न हामी संस्थागत अनुरोध गर्दछौं।

प्रवक्ता
बिष्णु न्यौपाने
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.