Menu

COVID-19 कार्यमा एनआरएनए एनसिसी साउदिको गतिबिधी सातौं हप्ता:

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ। हाल सम्म साउदि अरबमा संक्रमित संख्या १,१९,९४२ पुगेको र मृत्‍यु हुनेको संख्या ८९३ पुगेको छ भने हाल सम्म ८१,०२९ जना कोरोना बाट निको भएर फर्केका छन्। संक्रमित हुने नेपालीहरुको बिगत २ साताको संख्या १३६४ यथावत रहेको जस मध्ये ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको थियो। संक्रमित तथा मृत्‍यु हुने नेपालीहरुको संख्या बढेको हुन सक्ने बिभिन्न सन्जाल तथा ब्यक्ती मार्फत  खबरहरु आएता पनि हाल सम्म सम्बन्धित निकाय बाट पछील्लो आधिकारिक खबर प्राप्त भएको छैन।

यो साता थप २९ जना पीडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका ३४१ जना पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउंछौँ। साथै ३५० भन्दा बढी पीडित संख्यामा आएका गुनासोहरु नेपाली राजादुताबास र महावाणिज्य दुताबस संग समन्वय गरी दुताबासको पहलमै समाधान र उध्दारमा कानुनी उपचार स्वदेश फिर्ताको प्रकृयामा रहेका छन्। मिती १२-जुन-२०२० का दिन बसेको बैठकमा यो साता बिशेष गरी कोरोना उध्दार कार्यको लागि एनआरएनए साउदी संग सहकार्य गर्दै आएका नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजका पदाधिकारीहरुको उपस्थिती रहनुको साथै संघको कोरोना उध्दार कार्यदल कमिटी अनी   NRNA NCC का सम्पूर्ण पदाधिकारी,सल्लाहकार परिषद,आइसिसी पदाधिकारीको उपस्थिती रहेको थियो।

बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासोको बिषय चैं जती सक्दो छिटो साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाउनु पर्ने माग थियो। स्वदेश फर्काउने सरकारको  तयारी रहेको  भएतापनी सरकारले तोकेको हवाइ भाडा दर निक्कै महंगो रहेको कारण दैनिक छाक टार्न समेत मुश्किल भएका नेपालीहरुले यती ठुलो रकम जुटाउन नसक्ने तथा नेपालमा गएर आफ्नै खर्चमा ब्यक्ती स्वयमले क्वेरन्टाइन खर्च ब्यहोर्न नसक्ने भएकोले सरकारले तेस्ता वास्तविक पीडितको पहिचान गरी बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएर खान नपाएका हरुलाई स्वदेश फर्काउने,नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारिको ब्यबस्था ,कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा गर्नु पर्ने धारणा ब्यक्त गरेका थिए।साथै बैठकमा बोल्ने क्रममा नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजका पदाधिकारीहरुले कोरोना माहामारिको कारण उत्पन्न परिस्थितिले नेपालीहरुमा पुर्याएको असरलाई गैर आवासिय नेपाली संघ साउदी अरबले पुर्याउंदै आएको योगदानको प्रशंशा गर्दै हर किसिमको साथ र सहयोग गर्ने प्रतिबध्दता जाहेर गरेका थिए। स्वदेश फर्किन पाउं भन्दै हाल सम्म झन्डै ११ हजार भन्दा बढी नेपालीहरुले साउदी अरबमा रहेको नेपाली राजादुताबास रियाद र नेपाली महावाणिज्य दुतावास जेध्दामा निवेदन परेको जानकारी प्राप्त भएको छ। 

गैर आवासिय नेपाली संघ साउदी अरबले यस  बिपदको घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै श्रमजिवि नेपाली बिच गठित सम्पूर्ण संघ संस्थाहरु एकजुट भएर हामी संयुक्त रूपमा हातेमालो गर्दै नेपाल सरकार तथा सम्बन्धित सरोकारवालाहरु संग समन्वयकारी भूमिका निभाउनको निम्ती मध्यस्थ कर्ताको रूपमा राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएका छौं। साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्यदूतावास जेध्दा बिच समन्वयको सातौं हप्ता पार गरिसकेका छौं र यसलाई हाम्रो स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता  जनाउंछौं।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद

साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.