Menu

संयुक्त प्रेस बिज्ञप्ती

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले मिती १२-जुन २०२० का दिन आयोजना गरेको कोरोना उध्दार सम्बन्धी बैठकमा कोरोना उध्दार कार्यको लागि एनआरएनए साउदी संग सहकार्य गर्दै आएका नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजका पदाधिकारीहरुको उपस्थिती रहनुको साथै संघको कोरोना उध्दार कार्यदल कमिटी,NRNA NCCका सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद र आइसिसी पदाधिकारीको उपस्थिती रहेको थियो। बैठकमा उपस्थित सम्पूर्ण बक्ताहरुको चासोको बिषय:स्वदेश फर्काउने सरकारको तयारी रहेको भएतापनी सरकारले तोकेको हवाइ भाडा दर निक्कै महंगो रहेको कारण दैनिक छाक टार्न समेत मुश्किल भएका नेपालीहरुले यती ठुलो रकम जुटाउन नसक्ने तथा नेपालमा गएर आफ्नै खर्चमा ब्यक्ती स्वयमले क्वेरन्टाइन खर्च ब्यहोर्न नसक्ने भएकोले सरकारले तेस्ता वास्तविक पीडितको पहिचान गरी स्वदेश फर्काउने,नेपालमा पुर्याएर स्वास्थ्य सेवा,रोजगारिको ब्यबस्था, कोरोना टेस्ट तथा क्वेरन्टाइन सेवा गर्नु पर्नेमा छलफल भएको थियो साथै यसको निम्ती जोरदार माग सहित संयुक्त बिज्ञप्ती निकाल्ने सहमती अनुरूप मिती १३-जुन-२०२० का दिन संयुक्त बिज्ञप्ती जारी गरिएको छ।

बिज्ञप्ती जारी भए लगत्तै एनआरएनए साउदीले आजैका दिन पत्रकार छलफल राखेको थियो जसमा अरब नेपाल डटकम,हिमालयन दृष्‍टि,सैलुङ अन्लाइन,पिटी अनलाइन, बागेश्वरी न्युज,न्यु अन्लाइन खबर साथै नेपाली हातेमालो समाज साउदी अरब र मोरङ सुनसरी सेवा समाजको उपस्थिती रहेको थियो।बैठकमा मिडियाकर्मीहरु द्वारा सोधिएका बिबिध प्रश्न तथा जिज्ञासाहरुमा एनआरएन साउदिले कोरोना पीडितका लागि यहाँँ स्थित कुटनितिक नियोगहरु संग समन्वय र पैरवी गर्दै पुर्याउंदै आएको भूमिका र आगामी दिनहरुमा पनि संघको श्रोत साधनले भ्याएसम्मको सेवा दिने लगायत वास्तविक पीडितहरुलाई सरकारले यथा शिघ्र निशुल्क स्वदेश फर्काउनमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तर बाट पहल गर्ने बारे प्रष्ट्याएका थिए।
बिज्ञप्ती यसै साथ संलग्न गरिएको छ। JOINT-PRESS-RELEASE

बिष्णु न्यौपाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.