Menu

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको आठौं पूर्ण बैठक सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती १०-जुलाई-२०२० का दिन आठौं पूर्ण बैठक एनसीसी अध्यक्ष तेज थापाको अध्यक्षतामा सम्पन्न गरेकोछ। बैठकमामा एनआर एनए एनसिसी साउदी अरबका सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा संरक्षक परिषद, आइसिसी पदाधिकारीहरु,महिला सदस्य लगायत कोरोना उध्दार कार्यदलका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो। पूर्व निर्धारित योजना अनुसार बैठकमा कोरोना उध्दार सम्बन्धी समिक्षा,आगामी वार्षिकोत्सव तथा सल्लाहकार मनोनयन सम्बन्धी घनिभूत छलफल गरी तपसिलका बुंदामा निर्णय गर्दै आठौं पूर्ण बैठक समापन गरेको छ।

कोरोना राहत तथा उध्दार कार्यमा एनआरएनए साउदीले गरेको भूमिका बारे समिक्षा: विश्वभर महामारिको रूपमा फैलिएको प्राणघातक रोग कोरोना भाईरस (COVID-19)का कारण साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठकआह्वान गरेको थियो। बैठकले कोरोना भाईरस उध्दार सम्बन्धी घनिभूत छलफल द्वारा निर्णय गर्दै एनआर एनए एनसिसी साउदिका अध्यक्ष तेज बहादुर थापाको संयोजकत्वमा (अन्तरराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने गरी दुई जना सदस्य तेज बहादुर थापा-अध्यक्ष र धुर्ब कुमार रिजाल-बरिष्ठ लाई चयन गर्दै २६ सदस्सिय कोरोना उध्दार कार्यदल गठन गरेको थियो। तत्पश्चात १०-अप्रेलका दिन देखी रोजगारी गुमाएर खान बस्न समेत नपाएका नेपालीहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै एघारौं हफ्ता पार गरेको परिपेक्षमा हाल सम्म कार्यदलका सम्पूर्ण पदाधिकारीले यस्तो बिषम परिस्थितिमा पनि आफ्नो ज्यान समेतको प्रवाह नगरि पीडितहरुलाई खाद्यान्न उपलब्ध गराउने, पीडितहरु बाट आएका फोनकल, म्यासेजहरुलाई सम्बन्धित निकाय सम्म्म पुर्याएर समाधानको निम्ती पहल गर्ने जस्ता कार्य गरेकोमा सिंगो एनसिसी सन्तुष्ट रहेको निर्क्योल गर्दै यस महान कार्यमा संघका हरेक पदाधिकारी संग समन्वय गर्दै नेपालीहरुको उध्दार तथा स्वदेश फिर्तिमा बिषेश पहल गरेकोमा नेपाली राजादुतावास रियाद, नेपाली राजादुताबास बाट साउदीको पुर्बी क्षेत्र दमामका लागि खटिएका स्थानिय कर्मचारी श्री हरी घिमिरे र नेपाली महावाणिज्य दुतावास जेध्दा प्रती हार्दिक आभार प्रकट गरेको थियो।

संघको आगामी वार्षिकोत्सव: कोरोनाको माहामारिको बिषम परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए एनसिसी सिसी साउदीको यो बर्षको वार्षिकोत्सव प्रतक्ष रूपमा गर्न नमिल्ने भएकोले आगामी ३१-जुलाइ-२०२० शुक्रबारका दिन ZOOM द्वारा अनलाइन वार्षिक समिक्षा गर्ने निर्णय गरेको छ साथै यसपटकको बार्षिकोत्सवका लागि लाग्ने लागत प्रत्यक्ष रूपमा खर्च नहुने भएकोले बचत रकम बाट नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ।

सल्लाहकार मनोनयन: गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लाई बिभिन्न समयमा बिशेष अनुभवी तथा बिज्ञ ब्यक्तिहरुको सल्लाह सुझाब आवश्यकता पर्ने भएकोले साउदी अरबमा रहेर नेपाली समाज र श्रमिकप्रती बिशेष योगदान पुर्याउंदै आएका बिशिष्ट सामाजिक तथा बौध्दिक ब्यक्तित्व डा. अनिरुद्र पाठकलाई बैठकमा उपस्थित सर्वसम्मतिले एनआरएनए एनसीसी साउदीको सल्लाहकार समितिमा मनोनयन गरेको छ। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोरोनाको बिपद घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएको र आगामी दिनमा संघको साधन श्रोतले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता ब्यक्त गर्दै बैठक समापन गरेको थियो।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद

साउदी अरब

 

 

 

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.