वैदेशिक रोजगारिका शिलसिलमा साउदी अरब आएका नेपाली श्रमिकहरुको पछिल्लो अवस्थामा विभिन्न कारणले नेपाल फर्कन बाध्य हजारौ नेपालीहरूले बेहोरी रहनु परेको सास्ति, सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दाको थप पिडामा लगायतका समसमायिक समस्याहरू समेटि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले यहाँ स्थित नेपाली नियोगहरूलाइ संस्थागत रूपमा आज ज्ञापन पत्र सम्प्रेषण गरेको छ ।
गैर आवासीय नेपाली संघको सचिवालय तथा नेपाल सरकारका बिभिन्न निकायहरूलाइ बोधार्थ राखि सम्प्रेषित ज्ञापन पत्रको पूर्ण विवरणः PDF file का लागि लिंकः>>>> स्वदेश-फर्कने-नेपालीहरू-सहज-व्यवस्थापनका-लागि-अनुरोध-सहितको-ज्ञापन-पत्र
स्वदेश फर्कने नेपालीहरू सहज व्यवस्थापनका लागि अनुरोध सहितको ज्ञापन पत्र ।
श्रीः नेपाली राजदूतावास
रियाद, साउदि अरब ।
महामहिम राजदूत ज्यु,
वैदेशिक रोजगारिका शिलसिलमा साउदी अरब आएका नेपाली श्रमिकहरु विश्वब्यापि रूपमा फैलिएको कोरोना भाईरस (COVID-19) महामरिको कारण रोजगारि गुमाएका तथा विभिन्न कारणले नेपाल फर्कन बाध्य हजारौ नेपालीहरूले सास्ति बेहोरी रहनु परेको छ । नेपालको कुल ग्रहयस्त उत्पादनमा ठुलो योगदान पुर्याएको वैदेशिक रोजगारी र त्यसमा आवद्ध नेपाली श्रमिकहरु प्रति नेपाल सरकारको पछिल्लो निर्णयले समस्त नेपाली श्रमिकहरुलाइ उपेक्षा गरेको अनुभुति भएको छ । अधिकांश नेपाली श्रमिकहरु अति न्युन तलव-सुविधामा खाडि मुलकको ५० डिग्री भन्दा बढी तापक्रममा श्रम गरिरहेका छन्, आफ्नो रोजगारी गुमाएको प्रतिकूल अवस्थामा स्वयम् जीम्मेवार हुने गरि तोकिएको चर्को हवाइ भाडा दर र होटेल क्वारेन्टाइनको शुल्क समेत श्रमिकको थाप्लोमा थोपरिनु नेपाल सरकारले नेपाली श्रमिकहरु उपर अन्याय गरेको महसुस भएको छ । यद्यपि जेनतेन रकमको होजो गर्दै लामो प्रकृया पुरा गरि स्वदेश फिर्ताका लागी पर्खाईमा रहेका श्रमिकहरु अन्तत: सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दा थप पिडामा परि भोकभोकै बस्न बाध्य भएका छन् ।
त्यसर्थ साउदी अरब स्थित विभिन्न कठिनाइ र समस्यामा रहेका नेपाली श्रमिकहरुलाइ यथाशिघ्र स्वदेश फर्काउन सहज व्यवस्थापन सहित प्रयाप्त हवाई उडानको ब्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालहरूलाइ ध्यानकार्षणका लागि नेपाली राजदूतावास समक्ष यसै ज्ञापन पत्र मार्फत गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब हार्दिक अनुरोध गर्दछौ ।
बोधार्थः
- सचिवालय – गैर आवासीय नेपाली संघ
- नेपाल सरकार प्रधानमन्त्रिको कार्याल
- श्रम तथा परराष्ट्र मन्त्रालय
- बैदेशिक रोजगार बिभाग
शुभेच्छा सहित धन्यवाद,
गैर आवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद साउदी अरब