Menu

NRNA NCC साउदी द्वारा बाढी पिडितलाइ सहयोग

भारी बर्षाको कारण पहिरोले घर पुरिएर बेघर भएका गुल्मी जिल्ला चन्द्रकोट गाउंपालिका-७ रुपाकोट निवासी लोकनाथ घिमिरेको ६ जनाको परिवारको बिचल्ली भएको भन्दै सोही गाउंपालिका र स्थानिय प्रहरी कार्यालय बाट मुचुल्का भई सहयोगको निम्ती अपिल गरिएकोले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका पदाधिकारीहरु द्वारा स्वतस्फुर्त रूपमा ३००००/- अक्षेररुपी तीस हजार सहयोग संकलन गरि सोही गाउंपालिका-७ का वडा अध्यक्ष श्री लक्ष्मी प्रसाद भण्डारीको संयोजक्त्वमा स्थानिय समाजसेवी प्राध्यापक श्री बिष्णु प्रसाद भण्डारी, समाजसेवी श्री डिलुराम न्यौपाने, समाजसेवी श्री माधव भण्डारी,समाजसेवी श्री बिष्णु भण्डारी र श्री बिमल गैरे मार्फत सहयोग रकम हस्तान्तरण गरिएको छ।

 

स्मरण रहोस कि भारी बर्षाकै कारण नेपालका बिभिन्न ठाउंमा बाढी तथा पहिरोले बिचल्लिमा परेका पीडितको सहयोगको निम्ती गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद द्वारा शुरु गरिएको राहत संकलन अभियानको क्रममा साउदी अरब बाट नेरु ५००००/- अक्षेररुपी पचास हजार सहयोग रकम खातामा जम्मा गरेका थियौं।

बिगत करिब सात महिना देखी विश्वब्यापी रूपमा फैलिएको कोरोना माहामारि जस्तो भयानक चुनौतिको सामना गर्दै साउदी अरबमा अफ्टेरोमा परेका नेपाली श्रमिक पीडितहरुको उध्दार,राहत, स्वदेश फिर्ती प्रकृया,खाद्यान्न वितरण जस्ता कार्यहरुको निम्ती यहाँँ स्थित नेपाली राजादुतावास, नेपाली महावाणिज्य दुतावास तथा बिभिन्न संघसंस्थाहरु संग समन्वय, सहकार्य पहल र पैरवी गर्दै गैर आवासिय नेपाली संघ साउदी अरबले बिभिन्न कालखन्डमा स्वदेशमा पनि आइपर्ने दैवी प्रकोप जस्तै बाढी पीडित, भुकम्प पीडित, अग्नीपीडित, ब्लड क्यान्सर जस्ता पीडितहरुलाई राहत दिएर मलहमपट्टी लगाउने कार्य समेत गर्दै आइरहेको छ।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद,
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.