पीडित प्रकाश गुरुङ यही २५-अक्टोबर-२०२० का दिन साउदी अरबको दमाम देखी हिमालयन एयरलाइन्स मार्फत नेपाल गएका छन्। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले प्रवासमा कोरोना माहामारी जस्तो भयानक रोगले गर्दा साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरुलाई राहत खाद्यान्न सहयोग गर्नुको साथै स्वदेशमा समेत आइपर्ने दैवी प्रकोप पीडितहरुलाई पनि सहयोग गर्दै आएको छ। गत केही महिना देखी कोरोनाकै कारण साउदी अरबमा बिचल्लिमा परेर स्वदेश फिर्तिको पर्खाइमा रहेका, कम्पनी तथा स्वयंले टिकट लिन नसक्ने अवस्थामा रहेका ५ महिला सहित १२ जना नेपाली पीडितहरुलाई यहाँ स्थित नेपाली दुतावास र नेपाली महावाणिज्य दुतावास जेध्दाको अनुरोधमा संघको आपतकालिन कोष मार्फत टिकट उपलब्ध गराएको थियो ।
गैर आवासिय नेपाली संघ साउदी अरबको २०१९-२० वार्षिक कार्यतालिका अनुसार कोरोनाका कारण अझ शशक्त रूपमा अगाडि बढाउन कठिन भएतापनी गत २३ मार्च २०२० का दिन गठित कोरोना उध्दार अभियान समितिले हजारौं पीडित हरुको घाउमा महलम पट्टी लगाउन सहयोग गर्दै सयौंको संख्यामा पीडितहरुलाई राशन खाद्यान्न उपलब्ध गराउनुको साथै नेपालमा सेमत बढी पीडितलाई पनि सहयोग पुर्याएको छ र पछील्लो अवस्थामा नेपालका सात वोटै प्रदेशमा स्वास्थ्य सामाग्री वितरण शुरु गरी सकिएको छ।
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब