गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती १३-नोबेम्बर-२०२० का दिन कोभिड-१९ ले साउदी अरबमा नेपाली श्रमिक प्रति पारेको असर र यसको समाधानको निम्ती नेपाली राजदुताबास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यतामा बृहत छलफल भेला सम्पन्न गरेको छ । छलफलमा नेपाली राजादुताबास रियादका नियोग उपप्रमुख लगायत नेपाली महावाणिज्य दुतावास जेध्दाका कार्यबाहक महावाणिज्यदुत, NRNA ICC उपाध्यक्ष डा. बद्रि के.सी., सचिव गौरी जोशि, प्रवक्ता डि.बि. क्षेत्री, उच्च पदस्थ ब्यक्तित्व, मध्यपुर्वका उच्च पदस्थ ब्यक्तित्वहरुको बिशेष उपस्थिती सहित साउदीका पदाधिकारी, समाजका बिभिन्न बौध्दिक बर्ग, समाजसेवी, मिडियाकर्मी, साउदि अरबमा कृयाशिल बिभिन्न संघ संस्थाका पदाकारी एवम् अन्य सामाजिक अभियन्ता र शुभचिन्तकको उपस्थिती रहेको थियो।
एनसिसि अध्यक्ष तेज थापाको सभाध्यक्षतामा सम्पन्न बृहत अन्तरकृया कार्यक्रममा उपाध्यक्ष रोशन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । आसन ग्रहण चरण सहित नेपाली राष्ट्रिय गान सँगै कार्यक्रमको प्रारम्भ भएको थियो भने कोभिड-१९ का कारण देश-विदेशमा ज्यान गुमाएका नेपालीहरू प्रति श्रध्दा सुमन सहित १ मिनेटको मौन धारण गरिएको थियो ।
एनसिसी साउदीका का.बा. महासचिव लाल बहादुर मगर द्वारा संचालित उक्त भेलामा कार्यक्रमको औचित्य, उध्देश्य, आवश्यकता र महत्वबारे जानकारी गराउदै कार्यक्रमको शुरुवात गरेका थिए भने अध्यक्ष तेज थापाले COVID-१९ को विश्वव्यापि संक्रमण बढेसँगै साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरूको सहयोग, उद्धार र जीवन रक्षार्थ संस्थाले चरण-चरणमा बैठक तथा छलफल गरि संचालन गरेको अभियानका बारेमा बताउदै साउदी स्थित नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय गरि साधन, श्रोत, जनशक्तिले भ्याएसम्म युद्ध स्तरकै रूपमा नेपालीहरूको सहयोग, उद्धार एवम् पैरवी पहलका लागि अधिकतम प्रयास जारि रहेको जनाए थिए ।
त्यसैगरि संघको माथिल्लो निकाय आइसिसी सँग समन्वय र सम्वाद गरि ट्रिपल आर “RRR“ अभियान अन्तर्गत COVID-19 RESPONSE TO NEPALI MIGRANT WORKERS – “RELIEF AND REPATRIATION” परियोजनका बारे जानकारी दिंदैअध्यक्ष थापाले कोभिड-१९ लगायत बिभिन्न कारणबस समस्यामा परेका नेपालीहरूको सहयोग, उद्धार र पैरवि पहलका लागी २ जना कानुनी अधिकारी( LEGAL OFFICER), १ जना टिम कोर्डिनेर ४ जना स्वयंसेवक सहित जम्मा ७ जनालाइ पेड भोलिन्टिएर सहित साउदि अरबको बिभिन्न स्थानहरूमा खटाइएको र टिमले साउदि अरबको जुनसुकैस्थानबाट आउने नेपाली पिडितहरूको समस्याहरू संकलन गरि यहाँ स्थित नेपाली नियोगहरू, साउदि स्थित सरकारी निकाय, रोजगारदाता कम्पनि र एनआरएनएसँग समन्वय गरि अधिकतम समस्याहरूलाइ सम्बोधन गर्ने र उद्धारका लागि बिशेष भुमिका निर्वाह गर्ने स्पष्ट पारेका थिए । साथै परियोना एनआरएनए साउदि अरबको मात्रै नभइ साउदि अरबमा कृयासिल बिभिन्न संघ संस्थाका, समाजिक अभियान्ता, समाज सेवि तथा बुद्धिजिवि, मिडिया कर्मी सबैको भएकोले अपनत्व ग्रहण गरि साउदि अरबमा रहेका अधिकतम पिडित नेपालीहरूको सहयोग र उद्धारका लागि हातेमालो गर्न आव्हान सहित परियोजना सम्बन्धि जानकारीहरू आदनप्रदान गरि प्रभावकारी रूपमा अघि बढाउने अभिप्रायले राय, सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा सहित बृहत अन्तरकृयात्म कार्यक्रमको आयोजना गरिएको प्रष्टाएका थिए ।
आमन्त्रित अतिथि द्वय आइसिसि उपाध्यक्ष डा. बद्री के.सी. तथा परियोजना व्यवस्थापक राजेन्द्र रावतले परियोजना सम्बन्धि थप जानकारी र कोभिड-१९ ले प्रभावित नेपालीहरूको सहयोग र उद्धारमा हालसम्म एनआरएनले खेलेको भुमिका औंल्याउनु पुर्व एनसिसि कोषाध्यक्ष द्वारा तयार पारिएको कोभिड-१९ संक्रमण महामारिको दौरान एनसिसि साउदिले हालसम्म पुर्याइएको कार्यप्रगतिको संक्षिप्त प्रतिबेदन उपाध्यक्ष बिशाल श्रेष्ठले प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली राजदूतावास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले कोभिड-१९ संक्रमणका दौरान एनआरएनले गरेको योगदान, राहत, उध्दार सम्बन्धी कार्यको खुलेर प्रशंशा गर्दै कृतज्ञता प्रकट गरेका थिए । त्यसैगरि एनआरएनका बिभिन्न तह र समितिहरुमा आवध्द पदाधिकारी, नेपाली संघ-संस्थाहरूका प्रतिनिधिहरूले कार्यक्रा दौरान आ-आफ्नो सुझाव र धारणा प्रकट गर्दै हालसम्म कोरोना उध्दार सम्बन्धी संघले गरेका कार्यहरुको अनुभव सुनाएका थिए भने आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउंदै श्रमिक समस्या समाधान गर्नको निम्ती संघले खेल्ने भूमिका बारे धारणा प्रस्तुत गरेका थिए ।
कार्यक्रमको बिशेष चरण अन्तर्गत हालै साउदि अरबको जेद्धा स्थित महावाणिज्य दूतावासमा कार्यवाहक महावाणिज्यदूतको रूपमा हालै जिम्मेबार सम्हाल्न आउनु भएका महावाणिज्यदूत शत्रुघन पोख्रेललाइ एनसिसि साउदि अरबको तर्फबाट संस्थागत रूपमा स्वागत गर्दै सफल कार्यकालका लागि संघका अध्यक्षले शुभकामना दिएका थिए भने महावाणिज्यदूतले एनआरएनसँग सहकार्य र समन्वय गरि आगामि दिनहरूमा अघि बढ्न महावाणिज्य दूतावास जेद्धा सदैव तत्पर्ता रहेको प्रतिवद्धता जाहेर गरेका थिए ।
अन्त्यमा कार्यक्रमका दौरान उठान भएका प्रतिकृयाहरू, जिज्ञाशा र प्रश्नहरूको कार्यक्रमका सभाध्यक्षले सम्बोधन गर्दै कार्यक्रम बिसर्जन गरिएको थियो ।
गैर आवसिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब