Menu

गैर आवासिय नेपाली संघ साउदी अरबको “कोरोना उध्दार महाअभियान” सम्बन्धी सुचना

COVID-१९ को विश्वव्यापि संक्रमण बढे सँगै साउदी अरबमा अफ्टेरोमा परेका नेपालीहरूको लागि सहयोग,उद्धार र जीवन रक्षार्थ गैर आवासिय नेपाली संघ साउदी अरबले गत २०२० को अप्रेल महिनाको पहिलो साता देखी चरण-चरणमा बैठक तथा छलफल गरि संचालन गरेको अभियानमा   नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय र पैरवी गर्दै पीडितहरुलाई राहत, खाद्यान्न, स्वदेश फिर्तिको निम्ती टिकट समेत् उपलब्ध गराउंदै आएको कुरा  सर्वबिदितै छ।

यो अभियानलाई थप प्रभावकारी बनाउंदै निम्ती साउदी अरबमा अफ्टेरोमा परेका अधिकतम पीडितहरुको पहिचान गरी समयमै उध्दारलागि संघको माथिल्लो निकाय आइसिसी सँग समन्वय र सम्वाद गरि ट्रिपल आर “RRR“ अभियानको COVID-19 RESPONSE TO NEPALI MIGRANT WORKERS – “RELIEF AND REPATRIATION” रियोजना अन्तर्गत रहेर साउदी अरबको बिभिन्न शहरहरुमा समन्वय र पहलका लागी २ जना कानुनी अधिकारी( LEGAL OFFICER), १ जना टिम कोर्डिनेर सहित ७ जना भोलेन्टियर लगायत संघका पदाधिकारीहरु स्वयंसेवकको रूपमा खटाउंदै NRNA NCC KSA ले “महाअभियान” शुरु गरिसकेको कुरा सम्पूर्ण साउदी अरबमा रहनु हुने सरोकारवाला, समाजसेवी,बुध्दिजिबी, मिडियाकर्मी तथा आम नेपालीहरुलाई जानकारी गराउन चाहन्छौं।

साउदी अरबमा अफ्टेरोमा परेका पीडितको प्रकृति तथा अवस्था हेरी तपसिलका सुबिधाहरु उपलब्ध गराउने महा अभियानको शुरुवात गरेकोछ। 

  • रोजगारी गुमाएर खान बस्न सेमत नपाएका हरुलाई तत्कालका निम्ती आवास (सेल्टरको) ब्यबस्था गरिएको छ। हालै रियादमा आवास (सेल्टर)को ब्यबस्था भइसकेको र साउदीका अन्य शहरहरुमा सेल्टरको ब्यबस्था यथा शिघ्र गरिंदैछ।
  • सेल्टरमा राखिएका पीडितहरुको अवस्था हेरेर खानाको ब्यबस्था गरिएको छ।
  • स्वदेश फिर्तिको निम्ती हावाइ टिकट शुल्क स्वरूप प्रती पीडित व्यक्ती 200/- अमेरिकी डलरको एक्सचेन्ज रेट अनुसार साउदी रियाल उपलब्ध गराउने ब्यबस्था गरिएको छ।
  • स्वदेश फर्कने क्रममा पिसिआर तेस्ताको लागि प्रती पीडित व्यक्ती 80/- अमेरिकी डलरको एक्सचेन्ज रेट अनुसार साउदी रियाल उपलब्ध गराउने ब्यबस्था गरिएको छ।
  • नेपालमा पुगेपछी आफ्नो गृहजिल्ला अथवा घर सम्मा पुग्नको निम्ती यातायातको ब्यबस्था गरिएको छ।

कृपया: साउदी अरबको कुनै पनि स्थानमा यस्ता पीडितरु हुनुहुन्छ भने संलग्न तस्वीरमा अंकित गरिएका नम्बरहरुमा संपर्क गर्नुहोला। हामी तपाईंको सेवामा हमेसा तयार छौं।

गैर आवासिय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद

साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.