Menu

राहदानी सहजिकरणका लागि NRNA साउदीले श्रमिक आउटेेच क्याम्पिङ शुरु गर्‍यो

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा मिती: ४-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र दम्माम स्थित मुगल रेष्टुरेन्ट श्रमिक आउटेेच क्याम्पिङ कार्यक्रमको शुरुवात गरी पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम सम्पन्न गरेको छ। साउदी अरबको रियाद स्थित नेपाली राज दुताबासले कोरोना माहामारिको कारण साउदी अरबका बिभिन्न शहर तथा दूरदराजमा रहेका नेपालीहरु राहदानीको म्याद सकिएर नविकरणका लागि नेपाली राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम १०९ जनाले अनलाइन फारम भरेका थिए भने कार्यक्रम स्थलमा अनलाइन फारम भर्न नसकेका र प्रतक्ष रूपमा उपस्थित भएका थप ६० जना नयाँ सहित कूल १६९ जना श्रमिकको पासपोर्ट सहजिकरण सम्पन्न भएको थियो।

नेपाली नियोग र NRNAसाउदीको श्रमिक आउटरेज क्याम्पिङ कार्यक्रमको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका कर्मचारीको उपस्थिती रहेको थियो। नेपाली राजदुतावास रियाद बाट: ऋषि राज आचार्य–प्रथम सचिव,नरेन्द्र कामी–तृतिय सचिव,हरि घिमिरे-स्थानिय कर्मचारी पुर्वी क्षेत्र हमेन्त र आचार्य-कार्यलाय सहयोगीको उपस्थिती रहेको थियो भने सहजिकरणका लागि एनआरएनएको तर्फबाट सहभागीहरु: राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसि मध्यपुर्व, एनआरएनए साउदीका अध्यक्ष तेज थापा, संरक्षक-राजु सैयद, डमर कुमार यादव-प्रमुख सल्लाहकार,रोशन श्रेष्ठ–उपाध्यक्ष,शुक्र मोक्तान- NCC सदस्य,पूर्ण सुनार-सचिव एलसिसी खोबर, रमेश भट्टराई -सचिव एलसिसी दमाम, घनेन्द्र इजाम-कोषाध्यक्ष एलसिसी दमाम, गणेश अर्याल- LCC सदस्य,रमेश राजावंशी- LCCसदस्य, पदम महत-NRNकर्मी, रविन राइ-NRNकर्मी, ओम कुमाल-NRNकर्मी र हेल्प मदेश साउदी बाट श्याम कुमार महतोको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ८ बजे बाट संचालन भइ साझ ६ बजे सम्पन्न भएको थियो

यसैगरी: एनआरएनए साउदी अरबको श्रमिक आउटरेज क्याम्पिङ कार्यक्रम र नेपाली दुताबासको संयुक्त आयोजनामा आगामी ११ डिसेम्बर -२०२० का दिन साउदी अरबको पुर्बी क्षेत्र दमाममा पनि राहदानी सहजिकरण कार्यक्रम तय भईसकेको छ भने साउदी अरबको अन्य शहर अल-कासिम,ताबुक,जिजान,आब्भा-खामिस्,यान्बु लगायतका शहरहरुमा यही प्रकृतिको कार्यक्रम आवश्यकता हेरी उपयुक्त स्थान र मिती छिट्टै सार्वानिक गरिने भएको छ।

बिष्णु न्यौपाने
प्रवक्ता

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.