Menu

राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” दोस्रो चरण सम्पन्न।

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले  नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रमको दोस्रो चरण मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ११-डिसेम्बर-२०२० का दिन साउदी अरबको पुर्वी क्षेत्र जुबेलस्थित एभरेष्ट होटलमा सम्पन्न गरेको छ। नविकरणका लागि नेपाली राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम १२३ जनाले अनलाइन फारम भरेका थिए भने कार्यक्रम स्थलमा अनलाइन फारम भर्न नसकेका र प्रतक्ष रूपमा उपस्थित भएका थप २६ जना नयाँ सहित कूल १४९ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्। 

उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका कर्मचारीको संयुक्त उपस्थिती रहेको थियो।  नेपाली राजदुतावास रियाद बाट: नरेन्द्र कामी–तृतिय सचिव, आनन्द सुवेदी तृतिय सचिव, हरि घिमिरे-स्थानिय कर्मचारी पुर्वी क्षेत्र, हेमन्त आचार्य-कार्यलय सहयोगी, अजय दनुवार-कार्यालय सहयोगी र रोशन मन्डल-कार्यालय सहयोगीको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसी मध्यपुर्व, एनआरएनए साउदीका अध्यक्ष तेज थापा, संरक्षक-राजु सैयद, डमर कुमार यादव-प्रमुख सल्लाहकार, रोशन श्रेष्ठ–उपाध्यक्ष, मुस्तक मदानी-परियोजना फिल्ड अफिसर, प्रमोद लामिछाने-भुतपुर्ब एनसिसी सदस्य, ढल बहादुर थापा-पुर्ब आरसिसी उपाध्यक्ष पुर्बी क्षेत्र, देवानारायण चौधरी- उपाध्याक्ष स्थानिय समिती जुबैल, मधुसुदन अर्याल-सचिव स्थानिय समिती जुबैल, गणेश अर्याल-दमाम स्थानिय समिती सदस्य, पदम महत-NRN कर्मी, रविन राइ-NRN कर्मी, ओम कुमाल-NRN कर्मी, अक्कल प्रधान-नेपाली साझा मन्च र हेल्प मदेश साउदी बाट श्याम कुमार महतोको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ८ बजे बाट संचालन भइ साझ ६ बजे सम्पन्न भएको थियो।

यसै गरी मिती: ११-डिसेम्बर-२०२० कै दिन ताबुक क्षेत्रमा पनि राहदानी सहजिकरण सम्पन्न भएको छ। नेपाली माहावाणिय दुताबास जेध्दा र एनआरएनएको संयुक्त आयोजनामा ताबुक क्षेत्रमा गरिएको “श्रमिक आउटरेज क्याम्पिङ” मा कूल ३३ जना ताबुक, आरआर, दुवा, गुरैत र तुरैफ आसपासका क्षेत्र बाट उपस्थित भएका  श्रमिकको राहदानी सहजिकरण सम्पन्न भएको छ। कार्यक्रममा नेपाली माहावाणिज्य दुताबासको तर्फ बाट: कर्मचारिहरु: झुपलाल पुन मगर, सुजन वाग्ले र राजु बास्कोटाको उपस्थिती रहेको थियो भने एनआरएनको तर्फ बाट: सन्तोष लुइंटेल-एनआरएनए एनसिसी साउदीका कोषाध्यक्ष र सल्लाहकार भक्त हमाल साथै एनआरएनए ताबुक क्षेत्रिय समन्वय समिती बाट: अर्जुन थापा-अध्यक्ष,देवी सुतार कार्की-कोषाध्यक्ष,युवराज पोख्रेल-सचिव,दिपक कार्कि-सदस्य,ओम थापा मगर-सदस्य र हेमन्त बस्नेत- सल्लाहकारको उपस्थिती रहेको थियो। 

 

 

 

स्मरण रहोस: योजनाको यस अघि गत ४-डिसेम्बरको पहिलो चरणमा १६९ जनाले साउदी अरबको पुर्बी क्षेत्र
बाट राहदानीनविकरण देखी लाभान्वित भएका थिए साउदी अरबको अन्य शहर अल-कासिम, ताबुक, जिजान,आब्भा-खामिस्,यान्बु लगायतका शहरहरुमा यही प्रकृतिको कार्यक्रम आवश्यकता हेरी उपयुक्त स्थान र मिती छिट्टै सार्वानिक गरिने भएको छ।

बिष्णु न्यौपाने
प्रवक्ता

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.