Menu

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको खामिस मुसैतमा राहदानी सहजिकरण सम्पन्न

राहदानी सहजिकरणका लागि NRNA साउदीले शुरुवात गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली महावाणिज्य दुतावास जेध्दाको संयुक्त अभियानमा मिती: २५-डिसेम्बर-२०२० शुक्रबारका दिन साउदी अरबको खामिस मुसैत स्थित Crown Hall, Khamish Mushait मा राहदानी(पासपोर्ट) नविकरण कार्यक्रम सम्पन्न भएको छ। नविकरणका लागि नेपाली दुरदराजका स्थान बाट मावाणिज्य दुतावास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम शुरु गरिएको क्याम्पिङ(घुम्ती सेवा) मार्फत खामिस मुसैतमा कूल ५५ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्।

उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका कर्मचारीको संयुक्त उपस्थिती रहेको थियो। नेपाली महावाणिज्य दुतावास जेध्दा बाट: श्रम सहचारी प्रेम प्रसाद उपाध्याय र कार्यालय सहयोगी  राजु बास्कोटा र सुजन वाग्लेको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु:लाल बहादुर मगर-एनआरएनए एनसिसी सचिव, कृष्ण कुमार श्रेष्ठ- एनसिसी सदस्य, होमनाथ दाहाल-क्षेत्रीय सदस्य, शंकर पौडेल-एनआरएनए कर्मी र दावा लामा-स्वयं सेवक को उपस्थिती रहेको थियो। गैर आवासीय नेपाली संघद्वारा संचालि परियोजना अन्तर्गत आउटरेच क्याम्पिङ र महावाणिज्य दुतावासद्वारा संचालित पासपोर्ट सहजिकरण घुम्ती सेवा कार्यक्रम बिहान ८ बजे देखी शुरु गरी अपरान्ह ४ बजे सफलताको साथ सम्पन्न भएको थियो।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.