Menu

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको दुर्गम क्षेत्र अल-कासिममा राहदानी सहजिकरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ०२-जनवरी-२०२१ शनिबारका दिन साउदी अरबको अलकासिम क्षेत्र स्थित बुरैदाको अल बाइक नजिक रहेको सुक्करी होटलमा  पासपोर्ट(राहदानी) संकलन, नविकरण घुम्ती सेवा सम्पन्न भएको छ। नविकरणका लागि नेपाली राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम अलकासिममा आजको मितिमा कूल ७० जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्।

उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो।

नेपाली राजदुतावास रियाद बाट: तारा गौतम खनाल–द्वितिय सचिब ➢ हेमन्त आचार्य–स्थानिय कर्मचारी ➢ अजय दंगाल–स्थानिय कर्मचारीको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: विशाल कुमार श्रेष्ठ–उपाध्यक्ष, एनसिसि साउदि अरब ➢ योगेन्द्र बहादुर श्रेष्ठ–सह कोषाध्यक्ष, एनसिसि साउदि अरब ➢ मनिष कोईराला–सदस्य, एनसिसि साउदि अरब ➢ कृष्ण अधिकारी–क्षेत्रीय उपाध्यक्ष अल कासिम ➢ बिष्णु रावल–क्षेत्रीय सचिब अल कासिम ➢ ध्रुव कटुवाल – क्षेत्रीय सह सचिब अल कासिम ➢ रोहित घिमिरे – क्षेत्रीय कोषाध्यक्ष अल कासिम ➢ नुरुल जमा अन्सारी-क्षेत्रीय प्रबक्ता अल कासिम ➢ बिष्णु पाण्डे-स्वयम सेवक ➢ कर्ण नाल्बो-स्वयम सेवक ➢ असोक सुवेदी- स्वयम सेक को उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ७ बजे बाट संचालन भइ साझ ६ बजे सम्पन्न भएको थियो।

नोट: राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली नियोग संगको संयुक्त अभियानको बिभिन्न चरणमा हाल सम्म कूल ६४१ जना श्रमिकहरु प्रतक्ष लाभान्वित भएका छन्।

बिष्णु न्यौपाने
प्रवक्ता

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.