Menu

NRNA साउदीको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत साउदीको पुर्बी क्षेत्र अल-हासामा राहदानी सहजिकरण सम्पन्न

गैर आवासीय नेपाली संघ द्वारा संचालित “RRR” मेघा परियोजना अन्तर्गत NRNA साउदी अरबले नेपाली श्रमिकहरुको समस्या न्युनिकरण गर्ने उध्देश्यले नेपाली नियोग र एनआरएनएको संयुक्त आयोजनामा शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” कार्यक्रम मार्फत पासपोर्ट (राहदानी) नविकरण कार्यक्रम मिती: ८-जनवरी-२०२१ शुक्रबारका दिन साउदी अरबको पुर्वी क्षेत्र अलहासा स्थित मज्र बोक्शा भन्ने स्थानमा सम्पन्न भएको छ।

नविकरणका लागि रियाद देखी दुर्गाम क्षेत्रमा रहेका नेपालीहरुलाई राजादुताबास सम्म पुग्न कठिन भएको स्थितिलाई मध्यनजर गर्दै साउदी अरबका बिभिन्न स्थानमा पुगी नेपालीहरुलाई सहज रूपमा सेवा गर्ने उधेश्यले अनलाइन फारम जारी गरी सुचना सम्प्रेषण गरे बमोजिम  जना महिला सहित कूल ६९ जना श्रमिकहरु पासपोर्ट सहजिकरण बाट प्रतक्ष लाभान्वित भएका छन्। साउदी अरबका बिभिन्न शहरहरुमा हाल सम्म सातौं चरणको क्याम्पिङ सम्पन्न भएका छन् भने साउदी अरबको पुर्बी क्षेत्रका लागि यो चौथो चरणको रहेको छ।

उक्त कार्यक्रममा राहदानी नविकरणका लागि आवश्यक पर्ने सम्पूर्ण कागजात तथा फारम संकलन गर्नको निम्ती नेपाली नियोगका कर्मचारी र एनआरएनए साउदी अरबका पदाधिकारीहरुको संयुक्त उपस्थिती रहेको थियो।

नेपाली राजदुतावास रियाद बाट: आनन्द सुवेदी-तृतिय सचिव, सरोज चन्द्र अधिकारी–कार्यालय सहयोगी, हरि घिमिरे–स्थानिय कर्मचारी, पुर्वी क्षेत्रको उपस्थिती रहेको थियो भने एनआरएनएको तर्फबाट सहभागीहरु: राजु सैयद–संरक्षक, एनआरएनए एनसिसि, राजेन्द्र अर्याल–सह-संयोजक एनआरएनए आइसिसि मध्यपुर्व, नारायण पासवान–सदस्य, एनआरएनए आइसिसि,तेज थापा–अध्यक्ष, एनआरएनए एनसिसि, रोशन श्रेष्ठ–उपाध्यक्ष, एनआरएनए एनसिसि, गणेश अर्याल–सदस्य, एनआरएनए एलसिसि दम्माम, अफ्रोज आलम-साउदी अरबका परियोजना फिल्ड अफिसरको उपस्थिती रहेको थियो। कार्यक्रम बिहान ८ बजे बाट संचालन भइ साझ ४ बजे सम्पन्न भएको थियो

नोट: राहदानी सहजिकरणको लागि NRNA साउदीले शुरु गरेको “श्रमिक आउटरेज क्याम्पिङ” अन्तर्गत नेपाली नियोग संगको संयुक्त अभियान साउदी अरबका बिभिन्न शहरमा गरिएका राहदानी सहजिकरणका सातौं चरण सम्पन्न भएका छन्, जसमा हाल सम्म  कूल ७१० जना श्रमिकहरु प्रतक्ष लाभान्वित भएका छन्।

बिष्णु न्यौपाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.