Menu

साउदी अरब भ्रमणमा आएका परराष्ट्र टोली संग NRNA साउदीको अनौपचारिक भेट तथा छलफल

साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको वर्तमान अवस्था लगायत अन्य उध्देश्यका साथ भ्रमण गर्न साउदी अरब आएका परराष्ट्र टोली संग एनआरएनए साउदी अरबले साउदी अरबको पुर्बी क्षेत्र दमाम र पश्चिम क्षेत्र जेध्दामा छुट्टाछुट्टै भेटघाट गरेको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयका वरिष्ठ सह-सचिव तथा क्यानाडाका लागि पूर्व राजदूत श्री काली प्रसाद पोखरेल, कानुन बिभागका  उप सचिब श्री पुस्कर नेपाल र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत श्री तिल बहादुर सुनार सहितको टोली संग गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले गत २८-जनवरी-२०२१ का दिन साउदी अरबको जेध्दा स्थित नेपाली महावाणिज्य दुतावासमा र ३०-जनवरी-२०२१ का दिन साउदी अरबको पुर्बी क्षेत्र दमाममा मैत्रीपूर्ण भेटघाट तथा छलफल गरेको थियो। उक्त भेटघाट अनौपचारिक रहेतापनी बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरुको वर्तमान अवस्था,कोरोनाले नेपालीहरुमा पारेको असर, सहित श्रमिक बिषयक समसामयिक छलफल भएको थियो।

२८-जनवरी-२०२१ का दिन जेध्दामा भेटघाट क्रममा महावाणिज्य दुतावास जेध्दाका काबा महावाणिज्य दुत श्री शत्रुघन पोखरेल लगायत महावाणिज्य दुताबास जेध्दाका सम्पूर्ण कर्मचारी सहित गैर आवासिय नेपाली संघ लगायत अन्य नेपाली समुदायको उपस्थिती रहेको थियो भने ३०-जनवरी-२०२१ का दिन साउदी अरबको पुर्बी क्षेत्रमा भेटघाट गर्ने क्रममा नेपाली राजदुताबास रियाद साउदी अरबका नियोग उप प्रमुख श्री दिलिप पौडेल, पुर्बी क्षेत्रका लागि दुताबासका स्थानिय कर्मचारी श्री हरी घिमिरे,एनआरएनए मध्यपुर्ब सह-संयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक तथा संरक्षक राजु सैयद, एनआरएनए साउदीका अध्यक्ष तेज थापा, प्रमुख सल्लाहकार डमर यादव, उपाध्याक्ष रोशन श्रेष्ठ, महासचिव उमेश भट्टराई लगायतको उपस्थिती रहेको थियो।

छलफलको क्रममा: नेपाल बाट साउदी अरबमा भ्रमण गरी नेपाली समुदाय बिच भेट गरी समस्या उपर छलफल गर्ने अवसर प्रदान गरेकोमा गैर आवासिय नेपाली संघ साउदी अरबले हार्दिक धन्यवाद प्रकट गर्दै  बैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबमा पुगेका नेपालीहरुले भोग्नु परेका समस्या उपर एनआरएन साउदीको भूमिका बारे ज्ञात गराउंदै नेपाल बाट साउदी अरब श्रमिक पठाउने क्रममा म्यान पावर व्यावसायीले नेपालमा गराएको सम्झौता अनुसारको तलब सुबिधा नपाउनुको कारण मानसिक तनाबमा परी भाग्न वाध्य भएर अबैधानिक हुनु पर्ने वाध्यत्मक अवस्था, म्यानपावार कम्पनिले लाखौं असुली गरेर १० हजारको रसिद थमाइदिने गरेकोले साउदी अरब बाट कुनै कारणवश नेपाल फर्किएर कानुनी उपचार,न्याय क्षतिपुर्तिका लागि जती उजुरी गरेता पनि प्रमाणको लागि १० हजारको मात्र रसिदका कारण श्रमिकले न्याय नपाउने भएकोले यस्तो अव्यबस्थित र अव्यबहारिक पक्षलाई सरकारले यथा शिघ्र व्यबस्थित गर्नु पर्ने, पुन: श्रम स्विकृति बारे नेपालीहरुले भोग्नु परेको समस्या र हालै सरकारले ल्याएको अनलाइन श्रम प्रकृयालाई जती सक्यो छिटो व्यबस्थित ढंगले सहजका साथ सन्चालनमा ल्याउनु पर्नेमा ध्यानाकर्षण, साउदी अरबमा घरेलु महिला कामदारले भोग्नु परेको समस्या र नेपाल बाट छिमेकी तथा तेस्रो मुलुक हुंदै बिदेश महिला कामदार पठाउने ठगहरुलाई कडा कारबाही गर्दै रोक्नु पर्ने, साउदी अरबमा बिभिन्न कारणले मृत्‍युवरण गरेका नेपालीहरुका आफन्तले नेपालमा पाउनु पर्ने जीवनबिमा रकम मृतकका परिवारले पाउनमा ढिला सुस्ती हुने गरेको, साउदी अरबमा कामदार पठाउंदा नेपालमा गरिने अभिमुखीकरण तालिम सरकारी तवर बाटै गरिनु पर्ने र सीपमुलक तालिमको ब्यबस्था गरी दक्ष कामदारलाई उचित तलब सहित पठाउनु पर्ने, बैदेशिक रोजगारी बाट बिभिन्न सिप सिकेर नेपाल फर्केका नेपालीहरुलाई सरकारले उचित ब्यबस्थापन गरी स्वदेशमै रोजगारिको अवसर प्रदान गर्नुपर्ने जस्ता समसामयिक बिषयमा ध्यानाकर्षण गराइएको थियो। 

बक्तव्यको क्रममा बरिष्ठ सह-सचिव श्री काली प्रसाद पोखरेलले नेपाली संघ हरेक नेपाली हरुको साझा र छाता संगठन रहेको र साउदी अरबमा कोरोना माहामारिको समयमा समेत यो संस्थाले नेपाली श्रमिकहरुलाई पुर्याएको सेवाको खुलेर प्रशंशा गर्दै बैदेशिक रोजगारिमा रहेका नेपालीहरुको हकहित,सुरक्षालाई थप मजबुत र मर्यादित बनाउने सरकारको पहिलो प्राथमिकता रहेको बताउनु भएको थियो साथै बैदेशिक रोजगारिमा पठाउने श्रमिकलाई दक्ष र उच्च श्रेणिको जागिर सहित सुरक्षाको ग्यारेन्टी सहित पठाउने सरकारको योजना रहेको जानकारी दिंदै छलफलामआ उठेका बिषय र समस्यालाई बैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय र अन्य सम्बन्धित निकाय सम्म पुर्याउने र समस्याको निराकरणको निम्ती आफुले सक्दो प्रयास गर्ने प्रतिबध्दता जाहेर गर्नु भएको थियो।

बिष्णु न्यौपाने
प्रवक्ता
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब 

 

   

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.