गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजानको अधिवेशन सम्बन्धि अत्यन्त जरुरी सुचना!!

गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजानको अधिवेशन यही मिति २०२१ जुन ४ तारिक हुनगैरहेको सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई जानकारी गराउन चाहन्छौं। बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको बर्तमान अबस्थालाई मध्यनजर गर्दै २०२१-२३ कार्यकालका लागि हुन गईरहेको उक्त अधिबेशन भौतिक उपस्थितिका साथ गर्न असंभव भएकोले जुम अनलाईन (भर्चुअल) प्रबिधिबाट हुने सबैमा जानकारी गराउँदछौं।

अधिबेशन हुने मिति: २०२१ जुन ४ तारिख, शुक्रबार
समय: बेलुकी ५:00 बजे
MEETING ID: 4915793710
PASSCODE: 2NmMNP

पुनश्च: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदि अरबका सदस्य श्री कृष्ण कुमार श्रेष्ठ ज्युको संयोजकत्वमा निर्वाचन समितिको गठन भएकोले साउदी अरबको जिजान क्षेत्रमा रहेका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहीनीहरु जो समितिमा रहेर समाज सेवा गर्न ईच्छुक हुनुहुन्छ उहाँहरुले यहि १ जुन २०२१ तारिक मंगलबारका दिन सम्म तल दिईएको निर्वाचन समितिको सम्पर्क नम्बर/ ईमेल वा संस्थाको आधिकारीक फेसबुक मेसेंजरमा आफ्नो उमेद्दवारी फारम भरेर पठाउनु पर्ने छ। उमेद्वारीका लागि फारम यसै साथ संलग्न गरिएको छ।

अधिबेशन समितिः

१. श्री कृष्ण कुमार श्रेष्ठ, सम्पर्क नः 0507085297
२. श्री दिलिप श्रेष्ठ,         सम्पर्क नः 0504712788
Email: nrnanirbachansamiti2021@gmail.com

गैर अवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.