कोरोना महामारी जस्तो भयानक संक्रामक रोगका करण हाम्रो देश नेपालमा देखिएको हालको स्वास्थ्य संकटले गर्दा मुलुकले थेग्नै नसक्ने चरम अक्सिजन अभावले गर्दा दिनहुं धेरै नेपालीहरुले ज्यान गुमाउनु परेको साथै हजारौं बिरामीहरुले अक्सिजन नपाएको बिषम परिस्थितिलाई मध्यनजर गर्दै नेपालमा अक्सिजन सिलिन्डर पठाउने उध्देश्यले एनआरएनए मध्यपुर्बले संयुक्त रूपमा शुरुवात गरेको कदमलाई ग्रहण गर्दै एनसिसी साउदी अरबले छोटो समयमै उल्लेख्य सहयोग रकम संकलन गर्न सफल भएका छौं। यो पुण्य कार्यको निम्ती स्वत:स्फुर्त रुपमा एनआरएन साउदीलाई सहयोग गर्नुहुने साउदी अरबमा कार्यरत समाजसेवी,बुध्दिजिबी,बिभिन्न संघसंस्था तथा क्लब साथै कम्पनिमा कार्यरत नेपालीहरुको समुह लगायत अन्य नेपाली श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब हार्दिक धन्यवाद ज्ञापन सहित कृतज्ञता प्रकट गर्दछौं। सम्पूर्ण सहयोगी दाताहरुको प्रारम्भिक नामावली यसैसाथ संलग्न गरिएको छ।यदी कुनै सहयोगी दाताहरुको नामावली, विवरण सच्च्याउनु पर्ने भएमा जानकारी गराउनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौं।
फाइल खोल्नका लागि यहाँँ थिच्नुहोस:Doners-list-NRNA-NCC-SAUDI-ARABIA
गत २६-मई-२०२१ का दिन बसेको एनसिसी साउदीको आकस्मिक बैठकको निर्णय अनुसार हाल सम्म संकलित रकममा एनसिसी साउदीको कोष बाट थप रकम निकासा गरी ३० लाख नेपाली रुपैयाँ आइसिसिको कोरोना सहयोग बैंक खातामा जम्मा गरिदिने निर्णय गरेका छौं जस अन्तर्गत हामीले ओमनबाट पठाएको ५६० सिलिन्डरका लागि रकम प्रयोगमा ल्याउन र बाकी रकम आइसिसिले योजना गर्दै गरेको सात वटा प्रदेशमा अक्सिजन प्लान्ट निर्माण र आगामी दिनमा स्वदेश लाई खोप आयात व्यवस्थापनका सदुपयोग गर्नका लागि अनुरोध गरिने निर्णय गरेका छौं।
यसैगरी सहयोग रकम घोषणा गर्नु भएका तर रकम जम्मा नगरिदिनु भएका सहयोगी दाताहरुले कृपया एनआरएनए आइसिसी मध्यपुर्ब सह-संयोजक राजेन्द्र(जोन)अर्याल संपर्क: 00966-500490398 वा एनआरएनए एनसिसी साउदीका का.बा कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ संपर्क: 00966-583370250 संग संपर्क गरी घोषित रकम मिती ४-जुन्-२०२१ शुक्रवार भित्र जम्मा गरिदिनुहुन सविनय हार्दिक अनुरोध गर्दछौं।
अन्तमा: यो महान पुण्यात्मक कार्यमा जोडिएर सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी दाताहरुको नामावली यसै वक्तब्य पत्रका साथ संलग्न गरी हाम्रो वेव र मिडिया मार्फत प्रकाशन गरेका छौं। हाम्रो सानो प्रयासमा गरिएको यो कार्यले अक्सिजन अभावका कारण उपचार नपाएका बिरामीहरुले समयमै अक्सिजन पाएर धेरै नेपालीहरुको ज्यान जोगिनेमा हामी विश्वस्त छौं साथै सहयोगी मनहरुमा एनसिसी साउदी परिवार पुन: हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछौं।
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब