एनआरएनए साउदी अरब पुर्बी क्षेत्र ४ स्थानिय निकायका एकै साथ अधिवेशन सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब अन्तर्गत पुर्बी क्षेत्रको क्षेत्रिय समन्वय समितिको मातहतमा रहेका ४ स्थानका स्थानिय समितिको  अधिवेशन मिती: २८-मइ-२०२१ का दिन भर्चुअल विद्युतिय माध्यम जुम मार्फत एकैसाथ अधिवेशन सम्पन्न गरिएको सम्पन्न भएको छ। कोरोना माहमारिका कारण भौतिक उपस्थित भएर अधिवेशन गर्न असम्भव भएकोले विद्युतिय माध्यम भर्चुअल जुम मार्फत २०२१-२३ कार्यकालका लागि पुर्बी क्षेत्रमा अवस्थित जुबेल्, कतिफ, अब्केक, रहिमा स्थानिय समन्वय समितिको अधिवेशन सम्पन्न भएको हो।  

रहिमा स्थानिय समितिका अध्यक्ष गणेश आचार्यको सभापतित्वमा भएको उक्त अधिवेशनमा एनसिसी साउदीका पदाधिकारी, क्षेत्रिय समिती र बिभिन्न स्थानिय समन्वय समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने जुबेल र कतिफका अध्यक्ष द्वयले स्वागत मन्तब्य राखेका थिए। चारवोटै स्थानिय समितिको कार्य पर्गती विवरण र आर्थिक प्रतिवेदन तत् तत् समितिका अध्यक्ष द्वारा गरिएको थियो। नवनिर्वाचित पदाधिकारीहरुमा: जुबेल स्थानिय समितिमा ११ सदस्यहरु, कतिफ स्थानिय समितिमा ११ सदस्यहरु, रहिमा स्थानिय समितिमा ११ सदस्यहरु र अब्किक स्थानिय समितिमा ९ सदस्यहरु निर्बिरोध निर्वाचित भएका छन्।

२०२१२३कार्यकालका लागि स्थानिय समितिका नव निर्वाचित पदाधिकारीहरु निम्न प्रकार छन्:-  

  • जुबेल स्थानिय समितिमा: अध्यक्ष: देवनारायण चौधरी, उपाध्यक्ष:मधुसुधन अर्याल, सचिव:नेपाल चौधरी, कोषाध्यक्ष:भिम बहादुर कार्की, सह-कोषाध्यक्ष: रफी मियाँ, प्रवक्ता: एमडी सहबाज हैदर, सदस्यहरु क्रमश: धिरेन्द्र कुमार झा,नारयण सुवेदी, शिव बहादुर जिरेल, बिष्णु जैसी र राजेन्द्र श्रेष्ठ निर्वाचित भएका छन्।
  • कतिफ स्थानिय समितिमा: अध्यक्ष: सन्तोष गौतम, उपाध्यक्ष: भिम बहादुर ओली, सचिव:तोयनाथ अधिकारी, सह-सचिव: गणेश केसी, कोषाध्यक्ष:शेर तारा, सह-कोषाध्यक्ष:घन्श्याम काउचा, सदस्यहरु क्रमश:उदय राम अधिकारी, पूर्ण बहादुर दर्जी, जयमान गुरुङ, जित बहादुर पुन र (रिक्त पद पछी मनोनित गरिने) निर्वाचित भएका छन्।
  • रहिमा स्थानिय समितिमा: अध्यक्ष:धन कुमार तमाङ, उपाध्यक्ष: सुर्य कुमार तमाङ, सचिव:खेमराज कार्की, सह-सचिव: कृष्ण नेपाली, कोषाध्यक्ष:यम कुमार गैरे, सह-कोषाध्यक्ष:जित मगर, प्रवक्ता:बल बहादुर पुन, सदस्यहरु क्रमश: राजु मुखिया, ज्ञान बहादुर गिरी, राजेन्द्र रायमाझी र केश राना निर्वाचित भएका छन्।
  • अब्किक स्थानिय समितिमा: अध्यक्ष: सुरेश सुब्बा, उपाध्यक्ष: रुद्र बहादुर थापा, सचिव: प्रेम शंकर ठाकुर, कोषाध्यक्ष: राजेश श्रेष्ठ, सह-कोषाध्यक्ष: पूर्ण राइ, प्रवक्ता: रामनाथ राजाबंशी, सदस्यहरु क्रमश: मनोज खड्का, कामेश्वर मन्डल गुन्जमान राइ निर्वाचित भएका छन्।

सम्पूर्ण नव निर्वाचित पदाधिकारीहरुलाई एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज थापाले सपथ ग्रहण गराउनु भएको थियो साथै निवर्तमान समितिलाई १९-२१ कार्यकाल सफलता पूर्वक पार गरेकोमा धन्यवाद ज्ञापन दिनुका साथै नव निर्वाचित सबै स्थानिय समितिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो।

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.