एनआरएनए साउदी अरबको मातहतमा रहेका दुई क्षेत्रिय समितिको अधिवेशन एकै साथ सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको मातहतमा रहेको पुर्बी क्षेत्र दमाम क्षेत्रिय समितिको सातौं अधिवेशन र जिजान क्षेत्रिय समितिको दोस्रो अधिवेशन मिती: ४-जुन-२०२१ शुक्रवारका दिन सम्पन्न भएको छ। कोरोना माहमारिका कारण भौतिक उपस्थित भएर अधिवेशन गर्न असम्भव भएकोले विद्युतिय माध्यम भर्चुअल जुम मार्फत २०२१-२३ कार्यकालका लागि दुइवोटै क्षेत्रको संयुक्त अधिवेशन एकैसाथ सम्पन्न भएको हो।

जिजान क्षेत्रिय समितिका का.बा अध्यक्ष केशव राइको सभापतित्वमा भएको उक्त अधिवेशमना प्रमुख अतिथि एनआरएनए मध्यपुर्वका सह संयोजक राजेन्द्र अर्याल,बिशिस्ट अतिथि आइसिसी सदस्य नारायण पासवान, आइसिसी महिला सदस्य यास्मिन बेगम, एनआरएन साउदिका संरक्षक राजु सैयद, एनआरएनए साउदीका अध्यक्ष तेज बहादुर थापा,र प्रमुख सल्लाहकार डम्बर यादब र अन्य अतिथिहरु सहित एनसिसी पदाधिकारी, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, मिडियाकर्मी साथै एलसिसिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

एनआरएनए साउदीका महासचिव उमेश भट्टराई द्वारा सन्चालित कार्यक्रममा पुर्बी क्षेत्रको २०१९-२१को कार्य प्रगती विवरण महासचिव स्वयंले गर्नु भएको थियो भने जिजान क्षेत्रिय समितिको कार्य पर्गती विवरण र आर्थिक प्रतिवेदन क्षेत्रिय कोषाध्यक्ष नयन गौरी मगरले गर्नु भएको थियो। दुइवोटै क्षेत्रका नव निर्वाचित अध्यक्ष द्वयले २०२१-२३ का लागि आफ्नो अध्यक्षतताको अवधिभर साउदी अरबमा कार्यक्रत हरेक नेपाली श्रमिकहरुलाई आइपर्ने समस्याको निराकरण गर्नको निम्ती यहाँ स्थित नेपाली नियोग लगायत सम्पूर्ण संघसंस्थाहरु संग हातेमालो, सहयात्राा, समन्वय गर्दै श्रमिक उध्दार, राहत तथा क्षतिपूर्तिको निम्ती हर सम्भव प्रयास गर्ने भावी योजना प्रस्तुत गरेका थिए।

अधिवेशनमा उपस्थित अतिथिहरुले आ-आफ्नो मन्तब्य मार्फत निवर्तमान पदाधिकारीहरुलाई सफलता पूर्वक कार्यकाल समापन गरेकोमा बधाई दिंदै नव निर्वाचित पदाधिकारीहरुलाई आगामी कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो भने मन्तव्यकै क्रममा एनआरएनए साउदीका अध्यक्ष तेज थापाले अधिवेशन सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद दिंदै नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउंदै आगामी कार्यकाल अझै चुनौतिपूर्ण हुन सक्ने सम्भावना रहेकोले हरेक समय सम्पूर्ण समिती सदस्यहरु चुनौतिको सामना गर्न तत्पर रहनु पर्ने अपेक्षा गर्दै एनसिसी साउदीको सदैव सपोर्ट रहने जनाउनु भएको थियो।

NRNA NCC साउदी अरबका सल्लाहकार डमर यादव र जिजान बाट कृष्ण कुमार श्रेष्ठको संयोजकत्वमा रहेको निर्वाचन समिती द्वारा गरिएको अधिवेशनमा पुर्बी क्षेत्रको दमाम क्षेत्रिय समितिमा १५ जना (४ जना पछी मनोनित गरिने) र जिजान क्षेत्रिय समितिमा १५ (१ जना पछी मनोनित गरिने) सदस्सिय समिती निर्बिरोध चयन भएका छन्।

गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती दमाम साउदी अरबको २०२१२३ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु निम्न प्रकार छन्:-

अध्यक्ष:           बिष्णु भण्डारी-खोबर
उपाध्यक्ष:        पदम महत-दमाम
सचिव:             पूर्न सुनार-खोबर
सह-सचिव:      गणेश आचार्य-रहिमा
कोषाध्यक्ष:        रमेश भट्टराई-दमाम
सह-कोषाध्यक्ष: यज्ञ प्रसाद भट्टराई-अब्किक   
प्रवक्ता:              गणेश अर्याल-दमाम
सदस्य:               सनोज राज पुरी-जुबेल
सदस्य:               सन्जिता महर्जन-कतिफ
सदस्य:               गोमा पौडेल-कतिफ
सदस्य:               निल कुमार श्रेष्ठ-जुबेल
सदस्य:  रिक्त ( पछी बैठक द्वारा मनोनित गरिने)
सदस्य:  रिक्त (पछी बैठक द्वारा मनोनित गरिने)
सदस्य:  रिक्त (पछी बैठक द्वारा मनोनित गरिने)  
सदस्य:  रिक्त (पछी बैठक द्वारा मनोनित गरिने)

गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती जिजान साउदी अरबको २०२१२३ कार्यकालका लागि निर्वाचित पदाधिकारीहरु निम्न प्रकार छन्:-

अध्यक्ष:           खुम बहादुर सार्की
उपाध्यक्ष:         प्रितम आले मगर
उपाध्यक्ष:          सन्तोष परियार
सचिव:               होमनाथ रेग्मी
सह-सचिव:        दिपक थापा
कोषाध्यक्ष:         नयन गौरी मगर  
सह-कोषाध्यक्ष:  खुमराज शर्मा
युवा संयोजक:     दिपक बस्नेत
महिला संयोजक: कोपिला गोले
सदस्य:                 प्रेम ढुंगेल
सदस्य:                 ईश्वर श्रेष्ठ
सदस्य:                 हिरा ढुंगाना  
सदस्य:                 शान्ति थिङ्ग
सदस्य:                 चुत्र अले मगर
सदस्य: रिक्त( पछी बैठक द्वारा मनोनित गरिने)

गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद
साउदी अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.