एनआरएनए एनसीसी साउदी अरबको आठौं राष्ट्रिय महाधिवेशन जुलाइ ३० मा तय ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको राष्ट्रिय महाधिवेशन मिति तय भएको छ । संघका अध्यक्ष तेज थापको अध्यक्षमा गत ११ जुन, २०२१ शुक्रबार सम्पन्न परिषद्को १२औं पूर्ण बैठकले आगामी जुलाइ ३०  तारिख, २०२१ शुक्रबारका दिन आठौं राष्ट्रिय अधिवेशन मिति तय गरेको हो । राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२१-२३ का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अन्तराष्ट्रिय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२१ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ  ।

परिषद्को १२औं पूर्ण बैठकले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमितमा पारिद गर्दै आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ३ सदस्यिय राष्ट्रिय महाधिवशन निर्बाचन समिति र ५ सदस्यिय निर्बाचन अनुगमन समिति गठन गरेको छ । राजेन्द्र (जोन) अर्यालको संयोजकत्वमा गठित राष्ट्रिय महाधिवेशन निर्बाचन समितिमा आइसिसि मानार्थ सदस्य रमेश भण्डारी सहित आइसिसि सदस्य नारायण पासवान रहनु भएको छ । त्यसैगरि आइसिसि सदस्य यास्मिन बेगम संयोजक रहने गरि लामो समय साउदि अरबमा कर्मक्षेत्र बनाइ बिभिन्न सामाजिक संघ संस्थाहरूमा आवद्ध समजिक अभियान्ता ओम घले, बिरेन्द्र कुमार चौधरी एवम् रामराधा घिमिरे सम्मेलित निर्बाचन अनुगमन समिति गठन भएको छ ।

निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाइ आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । यसैगरि अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न परिषद्को १२औं पूर्णले तपसिलका विभिन्न समितिहरु गठन गरि जिम्मेवारी र कार्यभार बाडफाड गरेको छ ।

क. बिधान संसोधन समितिः

संयोजकः यास्मिन बेगम

  • सदस्यः ओम घले
  • सदस्यः बिरेन्द्र कुमार
  • पुरूषोत्तमदास श्रेष्ठ
  • एकजना समितिले थप गर्न सक्ने

ख. आन्तरिक कोष अडिट तथा लेखा परिक्षण समितिः

संयोजकः ध्रुब कुमार रिजाल

  • सदस्यः डमर यादव
  • सदस्यः बिशाल कुमार श्रेष्ठ
  • सदस्यः रोशन कुमार श्रेष्ठ
  • सदस्यः सन्तोष लुइटेल
  • सदस्यः योगेन्द्र श्रेष्ठ
  • सदस्यः चित्र कुमार राइ

ग. प्रतिबेदन तयारी समितिः

संयोजकः बिशाल कुमार श्रेष्ठ

  • सदस्यहरूः उमेश भट्टराइ, लाल ब. मगर, रबिना अर्याल, विष्णु न्यौपाने, नरेन्द्र कुमार कार्की
  • अलकासिम क्षेत्रिय अध्यक्ष
  • पुर्वी क्षेत्र क्षेत्रिय अध्यक्ष
  • ताबुक क्षेत्रिय अध्यक्ष
  • पश्चिम जेद्धा क्षेत्रिय अध्यक्ष
  • जिजान क्षेत्रिय अध्यक्ष
  • रियाद क्षेत्रिय अध्यक्ष

घ. प्रचार-प्रशार समितिः

संयोजकः रोशन कुमार श्रेष्ठ  संयोजक

  • विष्णु न्यौपाने
  • शुक्र मोक्तान
  • बालकृष्ण पंगनी
  • रमजानदिन मियाँ
  • कृष्ण कुमार श्रेष्ठ
  • राज कुमार श्रेष्ठ
  • सत्य नारायण के.सी.
  • राम बहादुर क्षेत्री
  • बिष्णु प्रसाद पोख्रेल
  • अर्जुन थापा

गत सातौं महाधिवेशनमा गठित बिधान संसोधन सिमितले यसपटक पनि निरन्तरता पाएको छ, श्रीमति यास्मिन बेगमको संयोजकत्वमा एनसिसि साउदि अरबका संरक्षक मण्डलका सदस्य ओम घले, बिरेन्द्र कुमार चौधरी तथा पुरूषोत्तम दास श्रेष्ठ बिधान संशोधन समितिमा रहनु भएको छ ।  यसैगरि आठौं अधिवेशनलाइ ऐतेहासिक रूपमा सम्पन्न गर्न राष्ट्रिय समन्वय परिषदका मौजुदा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूलाइ बिभिन्न समितिहरूको संयोजकको रूपमा जिम्मेवारी सुम्पिएको छ ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद साउदी अरब, २०२१-२३ कार्यकालका लागि जारी गरिएको निर्बाचन आचार संहिताः

PDF फाइलका लागि यहाँ क्लिक गर्न सकिनेछः>>>निर्बाचन आचार संहिता तथा नियमावली 2021(3)

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.