एनआरएनए साउदिमा अनलाइन सदस्यताको म्याद समाप्ति, संख्या अहिलेसम्मकै उच्च

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबमा अनलाइन सदस्यताको लागि तोकिएको समयसिमा आज समाप्त भएको छ । अनलाइन सदस्यताका लागि निर्धारित मिति आज ३० जुन, २०२१ रातको ११:५९ बजे भित्र जम्मा ३ हजार ६सय ७४ (३६७४) जनाले अनलाइन सदस्यताका लागि आवेदन दिएका छन् यो संख्या एनआरएनए साउदि अरबको अहिलेसम्मकै उच्च हो । सदस्यताका लागि आवेदन दिएका मध्य २६१९ जना पञ्जिकृत सदस्यहरूको सदस्यता प्रमाणिकरण भइसकेको छ भने बाकि सदस्यहरूको डकुमेन्ट रूजुगरि प्रमाणिकरण गर्न बाकि रहेको छ । एनआरएनए साउदिको अघिल्लो निर्वाचनमा १ हजार १ सय ७७ जना पञ्जिकृत सदस्य रहेका थिए ।

गत ११ जुन, २०२१ शुक्रबार सम्पन्न परिषद्को १२औं पूर्णले परिति गरेको महाधिवेशन निर्वाचन निर्देशिका नियमावली एवम् कार्यतालिक २०२१ अनुसार अनलाइन सदस्यताका लागि आजसम्मको समय सिमा निर्धारण गरेको थियो । परिषद्को आठौं राष्ट्रिय महाधिवेशन यहि आउदो जुलाइ ३० तारिखमा गरिने कार्यतालिका अनुसार संघले हालसम्म अनलाइन सदस्यता प्रणालीबाट आवेदन दिएका पञ्जिकृत सदस्यहरूको सुचि रूजुगरि यहि जुलाइ ३ तारिखमा पहिलो सुचि प्रकाशित गर्ने छ ।

एनआरएन साउदि अरबको smart-nrna प्रणालिमा आज मितिः ३० जुलाइ, २०२१ रातको ११:५९ बजेभित्र अनलाइन सदस्यता दिएक दिएका सदस्यहरूको प्रमाणित प्रतिलिपिः

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.