मतदाताहरूको पहिलो (पञ्जिकृत सदस्य) सुचि प्रकाशनः

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको निर्वाचन कार्यतालिका एवम् महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२१ अनुसार गत  ३० जुन, २०२१ सम्म अनलाइन सदस्यताका लागि आवेदन दिएका ३ हजार ६ सय ७४ (३६७४) जना मध्ये जम्मा २ हजार ९ सय ५० (२९५०) जना सदस्यहरूको सदस्यता प्रमाणिकरण भएको यसै सुचना मार्फत जानकारि गराउदछौ । अनलाइ सदस्यता पञ्जिकृत गरि उल्लेख्य रूपमा संख्या बृद्धिका लागि अहोरात्र खटिनुहुने जिम्मेवार व्यक्तित्वहरू, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग र समन्वय गर्नुहुने नेपाली जनसमुदाय तथा शुभचिन्तकहरूप्रति गैरआवासीय नेपाली संघ साउदि अरब हार्दिक आभार तथा धन्यवाद प्रकट गर्न चाहन्छ ।

यसैगरि संघप्रति आस्था, भरोसा र विश्वास राखि अनलाइन सदस्यताको माध्यमबाट जोडिनुहुने सम्पुर्ण पञ्जिकृत सदस्यहरूलाइ बधाइ सहित संस्थामा हार्दिक स्वागत गर्दै यहाहरूले संघप्रति राख्नु भएको अपेक्षा, आस्था, भरोसा लाइ सर्वोपरि राखि आगामि दिनहरूमा संघ अझ बढि अग्रगति र उचाइमा मा लम्कन अवश्य पनि लागि पर्ने विश्वासका साथ एनआरएनए एनसिसि साउदी अरब अन्तर्गत २०२१-२३ का लागि अनलाइ दर्ता भएका मतदाताहरूको प्रारम्भिक (पञ्जिकृत सदस्य) सुचि सम्प्रेषण गरिएको छ ।

पुनश्चः मतदाताहरूको चयन प्रकृया एनसिसि साउदि अरबको गत सातौं राष्ट्रिय महाधिवेशबाट अनुमोदिन एनसिसि साउदी अरबको बिधानको धारा १४.३ अनुसार गरिनेछः

(क) एनसिसि साउदी अरबको बिधानको धारा १४.३ अनुसार उम्मेद्वारी तथा मदाधिकार राख्ने मतदातहरूः

१. ICC, NCC, RCC र LCC का वाहालवाला पदाधिकारी तथा सदस्यहरू, सल्लाहकारहरू, संस्थापकहरू साथै आइसिसिका, एनसिसि, पुर्व पदाधिकारी र सदस्यहरू स्वतः महाधिवशेन प्रतिनिधि हुनेछन् तर सकृय सदस्यता नविकरण भएको हुनुपर्ने छ ।

(ख) समानुपातिक प्रणाली (२०:१) अनुसार क्षेत्रिय समितिहरूबाट चयन गरिने (मतदान गर्नुपर्ने अवस्थामा) पञ्जिकृत सदस्यहरू (वरियता र अनुभवका आधारमा) एनसिसि साउदिले प्रमाणिकरण गरि निर्वाचन समितिमा पेश गर्ने छ ।

धन्यवाद

गैरआवासीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद साउदि अरब

PDF फाइलका लागि>>>>>Approved Membership List , NRNA NCC KSA 2021-23(Preliminary List)

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.