गैरआवासिय नेपाली संघको दशौ अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौट सम्बन्धि अत्यन्त जरुरी सुचना:

गैर आवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषदबाट प्राप्त अन्तरास्ट्रिय महाधिबेशन संचालन, अन्तरास्ट्रिय महाधिबेशन प्रतिनिधि छनौट तथा रास्ट्रिय समन्वय परिषदको सम्बन्धि  नियमावली २०२१ को बुँदा ६.२ अनुसार मौजुदा कार्यसमितिले नियमावलीमा उल्लेख गरिएको मापदण्ड अनुसार अन्तरास्ट्रिय महाधिबेशन प्रतिनिधि छनौटको लागी ६५ प्रतिशत, कार्यसमितिको निर्वाचन संगै २५ प्रतिशत (जस अनुसार मौजुदा कार्यसमितिबाट छनौट गर्नुपर्ने ६५ प्रतिशत नपुग भए नपुग संख्या पनि २५ प्रतिशत थप हुने) र नयाँ निर्वाचन कार्यसमितिले १० प्रतिशत छनौट गर्ने प्रावधान रहेको सबैमा जानकारी गराउँदछौँ |
नियमावलीको ६.३ अनुसार मौजुदा कार्यसमितिले अन्तरास्ट्रिय महाधिबेशन प्रतिनिधिको लागी छनौट गर्नुपर्ने ६५ प्रतिशत महाधिबेशन प्रतिनिधिको मापदण्ड निम्नानुसार रहेको छ |
१. अन्तरास्ट्रिय समन्वय परिषदका बर्तमान तथा पूर्व संरक्षक पूर्व पदाधिकारी तथा बर्तमान सल्लाहकारहरु |
२. रास्ट्रिय समन्वय परिषदका वर्तमान तथा पूर्व अध्यक्षहरु एवं अन्तरास्ट्रिय समन्वय परिषदका पूर्व सदस्यहरु |
३. अन्तरास्ट्रिय समन्वय परिषदको बिद्यमान अनुशासन समिती, बिधान ब्याख्या समिती र बिधान संसोधन सुझाव समितीका संयोजक |
४. रास्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु एबम पछिल्लो निर्वाचनमा अध्यक्ष पदका उपविजेता |
५. बिधानत गठित अन्तरास्ट्रिय समन्वय परिषदका बिद्यमान मानार्थ सदस्यहरु |
६. अन्तरास्ट्रिय समन्वय परिषद अन्तर्गत गठन भएका बिद्यमान समिती तथा कार्यदलका संयोजक र बिधान समितीका उपसंयोजक तथा सदस्यहरु |
७. रास्ट्रिय समन्वय परिषदका सदस्यहरु |
८. रास्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारी तथा सदस्यहरु |
नोट: समान प्राथमिकतामा परेका निबेदकबाट प्रतिनिधी छनौट गर्नुपर्ने अवस्थामा लामो अवधी सम्म संघको पदाधिकारी वा पन्जिकृत सदस्यता रहेकालाई प्राथमिकता दिइनेछ |
तसर्थ मौजुदा कार्यसमितिले छनौट गर्नुपर्ने ६५ प्रतिशत अन्तरास्ट्रिय महाधिवेशन प्रतिनिधीका लागि उपरोक्त मापदण्ड अनुसार योग्यता पुग्ने गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद साउदी अरबको २०२१-२०२३ कार्यकालका लागि दर्ता भएका पन्जिकृत सदस्यहरुले आफ्नो पन्तिकृत सदस्यता नम्बर सहित निम्न मिति र ठेगानामा इमेल मार्फत अनिवार्य जानकारी गराउनुहुन सादर अनुरोध गर्दछौं |

8thnirwachansamitinrna2021@gmail.com

जानकारी गराउनु पर्ने अन्तिम मिति : ७ जुलाई २०२१ बेलुकी ६:०० बजे सम्म |
महाधिबेशन प्रतिनिधिका लागि लाग्ने शुल्क आईसीसीले निर्देशन गरे बमोजिम (२५ डलर) रहनेछ |

धन्यवाद,
गैरआवासीय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद् , साउदि अरब>>>>Notice-for-IGA-Delegates-2021-23-1

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.