“अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियानको चरण पुरा, साउदिबाट ३० लाख रूपैया विप्रेषण

“अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियान अन्तर्गत एनसिसि साउदि अरबले चलाएको सहयोग अभियानको कार्यभार सम्पन्न भएको । कोरोना महामारीको भयानक संक्रामकले ग्रसित बनेको मातृभूमिलाइ सहयोग पुर्याउने हेतुले आइसिसिबाट संचालित “अस्किजन पठाऔं, आफन्त बचाऔं” अभियान अन्तर्गत एनसिसि साउदि अरबले चलाएको सहयोग अभियानको अन्तिम चरण सम्पन्न भएको छ ।  सहयोग अभियानको दौरान संकलित प्रारम्भि रकम २८ लाख ६९ हजार ८ सय ६९ नेपाली रूपैंया (९३,१९८/- साउदी रियाल) मध्य नाम छुटेका  ३ जना सहयोगी दाताहरूबाट ४ सय २ रियाल  रकम थप गरि कूल ९३,६०० साउदि रियाल संकलन भएको छ । साथै गत २६-मई-२०२१ का दिन सम्पन्न एनसिसी साउदीको आकस्मिक बैठकको निर्णय अनुसार थप १ लाख ३० हजार १ सय ३१ रूपैंया संघको खाताबाट निकासा गरि जम्मा कुल ३० लाख नेपाली रूपैंया (९७,३६८.१८ साउदि रियाल) NRNA Charity Fund को खाता नम्बर 012500000402524 मा जम्मा भएको छ साथै उक्त रकम प्राप्त गरिएको रूजु सहित रिसिभ भौचर संलग्न गरिएको जानकारी गराउन चाहन्छौ ।

नेपालीका लागी नेपाली, सबै हात एकै साथ” सहयोग अभियानमा दिनरात नभनि अहोरात्र खटिनुहुने अभियानकर्ता, लगायतका प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिदै समन्वयकारी भुमिका निर्वाह गर्नुहुने र सहयोग जिम्मेवार व्यक्तित्वहरू लगायत सम्पूर्ण सहयोगी दाताहरू प्रति गैरआसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदि अरब कृतज्ञताका साथ हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छ ।

PFD फाइल>>>

धन्यवाद,

गैरआसीय नेपाली संघ

राष्ट्रिय समन्वय परिषद् साउदि अरब

Leave a Comment

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.